खगेन्द्र यक्सोको चलचित्र ‘लाम्देङमा’को प्रोमो सार्वजनिक
सोमबार, १९ माघ, २०७७ बिहानको ०७:११ बजे,
लिम्बुवान न्युज
माङसेबुङ । गायक खगेन्द्र यक्सोको निर्देशन तथा यामनिङवा योङहाङ र देबेन्द्र चोङबाङको मुख्य अभिनय रहेको चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) को प्रोमो सार्वजनिक गरिएको छ ।
निर्देशक यक्सो, राजेन्द्र लाबुङ र जानुका श्रेष्ठ मगरको संयुक्त निर्माणमा बनेको नेपाली कथानक चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) को प्रोमो युमा आट्र्स युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
मेघराज मगरातीको छाँयाङकन तथा सम्पादन रहेको चलचित्रमा टुपेन्द्र येक्तेन, सञ्चमाया वारुमहाङ लाबुङ, दिलिप फुरुम्बो, दिलु सुब्बा, राजेन्द्र लाबुङ, ललिता केदेम लाबुङ, कहरसिं मगर, जानुका श्रेष्ठ मगर, फुलमाया लाबुङ, कल्पना लाबुङ, चन्द्र फुरुम्बो, लाजेमा वारुमहाङ, कमला लिङदेन, आकृति राई, बुद्धिमान पालुङवा, टंक पालुङवा, भुवन पालुङवा, छत्र पालुङवा, जगत पालुङवा, गणेश मगर, साजन फुरुम्बो, स्वीटी मगर, मन कुमार केरुङ, रोमी पालुङवा, सीता तुम्बाहाङफे र सुजन न्यौपानेले समेत अभिनय गरेका छन् ।
दिलीप फुरुम्बोको कथा तथा गीतमा दिलिप फुरुम्बो र मेघराज मगरातीको संगीत साथै दिलिप फुरुम्बो र मनु नेम्बाङको आवाज रहेको चलचित्रलाई वल्ड वाईड इन्टरटेन्टमेन्ट क्रिएशन प्रा.लि.को पोष्ट प्रडक्सन रहेको छ ।
लिम्बु संस्कार संस्कृतिमा आधारित लिम्बु सामाजिक परिवेशको झल्को दिलाउने चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) युमा आट्र्सको प्रस्तुतिमा निर्माण गरिएको हो ।
दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...
दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...
ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...
दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...