माघ ३० मा प्रेस युनियन माइपश्चिमको बनभोज

 लिम्बुवान न्युज
                       

दमक। नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले यसवर्ष पनि बनभोज कार्यक्रमलाई निरन्तरता दिने भएको छ । दुई वर्षदेखि बर्सेनी आयोजना गरिदै आएको वनभोज कार्यक्रमलाई यसवर्ष पनि यहि माघ ३० गते शुक्रवार आयोजना गरिने निर्णय भएको अध्यक्ष विष्णु सुब्बाले वताए ।

संगठनका सदस्य तथा परिवारहरुवीच आपसी भाइचारा अभिबृद्धि गर्न वनभोजलाई यसवर्ष पनि निरन्तरता दिईएको उनले वताए । वनभोज इलामको चुलाचुली ५ स्थित चपेटीमा हुने छ ।

बनभोज भव्य रुपमा सम्पन्न गर्न युनियनका जिल्ला सदस्य नगेन्द्रमणी न्यौपानेको संयोजकमा तीन सदस्यीय तयारी व्यवस्थापन उपसमिति गठन गरि काम थालिएको जनाईएको छ ।

बनभोजमा माइपश्चिम क्षेत्रका युनियन सदस्यहरु, विभिन्न पत्रकारजन्य संघसंगठनका नेतृत्व तथा सञ्चार गृहका चार दर्जन बढी पत्रकारहरुको सहभागिता रहने संयोजक न्यौपानेले वताएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...