भूमि व्यवस्था आयोग अध्यक्ष झापामा गिरी र इलाममा खनाल नियुक्त

,   लिम्बुवान न्युज
                       

दमक। सरकारले भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा प्रेम गिरी र इलामको अध्यक्ष ओम नारायण खनाललाई नियुक्त गरेको छ । झापाको सदस्यहरुमा राधाकृष्ण खनाल र मदन अधिकारी त्यसैगरी इलामको सदस्यहरुमा प्रकाश अधिकारी र हेमन्त राईलाई जिम्मेवारी दिएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो ।

भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा गत माघ १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ वटै जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको थियो । भूमि सम्बन्धी समस्या समाधान आयोगको केन्द्रिय अध्यक्षमा देवी ज्ञवाली छन् ।

यहि माघ २४ गते अध्यक्ष ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आयोगका जिल्ला पदाधिकारीको सपथग्रहण गराउने कार्यक्रम रहेको मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले बताइन् । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्धितिय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने छन् ।

नवनियुक्त अध्यक्ष र सदस्यहरुले सपथ लिएपछि आयोगले सबै जिल्लाहरुबाट एक साथ काम थाल्ने बताइएको छ ।

 

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;