भूमि व्यवस्था आयोग अध्यक्ष झापामा गिरी र इलाममा खनाल नियुक्त

 लिम्बुवान न्युज
                       

दमक। सरकारले भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा प्रेम गिरी र इलामको अध्यक्ष ओम नारायण खनाललाई नियुक्त गरेको छ । झापाको सदस्यहरुमा राधाकृष्ण खनाल र मदन अधिकारी त्यसैगरी इलामको सदस्यहरुमा प्रकाश अधिकारी र हेमन्त राईलाई जिम्मेवारी दिएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो ।

भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा गत माघ १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ वटै जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको थियो । भूमि सम्बन्धी समस्या समाधान आयोगको केन्द्रिय अध्यक्षमा देवी ज्ञवाली छन् ।

यहि माघ २४ गते अध्यक्ष ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आयोगका जिल्ला पदाधिकारीको सपथग्रहण गराउने कार्यक्रम रहेको मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले बताइन् । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्धितिय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने छन् ।

नवनियुक्त अध्यक्ष र सदस्यहरुले सपथ लिएपछि आयोगले सबै जिल्लाहरुबाट एक साथ काम थाल्ने बताइएको छ ।

 

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...