फागनु ७ बाट बृहत जनआन्दोलन शुरु हुन्छ: अभियन्ता नारायण वाग्ले

 लिम्बुवान न्युज
                       

काठमाडौं। बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको लहर सुरु हुने उद्घोष गरेका छन् ।

आज दिउँसो शोभा भगवतीमा आयोजित नागरिक समाजको विरोधसभामा बोल्दै वाग्लेले फागुन ७ गते काँडेतार हटाएर भएपनि टुँडिखेल पुग्ने र नागरिक–घोषणापत्र सार्वजनिक गरिने उद्घोष गरे ।

उनले भने, ‘म यसै मञ्चमार्फत् आह्वान गर्दछु, काँडेतार हटाएर भए पनि त्यो ठाउँमा उभिएर नागरिक सभा गर्ने हक हामीलाई छ । उक्त सभामा बृहत् नागरिक आन्दोलनको घोषणापत्र सार्वजनिक गरी नयाँ जनआन्दोलनको उभार निम्त्याउँछौं ।’

“जनताको खुन र पसिनाले बनेको सिंहदरबारमा नागरिकलाई भित्र पस्ने अधिकार छैन, अब हामीले ७० बर्ष देखिको एक–एक हिसाब माग्ने दिन आएको छ । आम नागरिकहरु अब अर्को जनआन्दोलनको लागि तयार रहौं” –अभियन्ता वाग्लेले आव्हान गरे ।

(फाइल तस्वीर)

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...