आदिवासी साहित्यकारहरूको राष्ट्रिय भेला फागुन अन्तिममा हुने

,   लिम्बुवान न्युज
                       

काठमाडौं। आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालले राष्ट्रिय भेला फागुन अन्तिममा गर्ने भएको छ । सिमान्तकृत समुदायका सर्जकहरूको कार्यनीति एवम् रणनीति तय गर्न आदिवासी जनजातिका मुद्दाहरूलाई थप उचाइमा पु¥याउनका लागि भन्दै महासंघले भेला आयोजना गर्न लागेको हो ।

जुममार्फत बसेको समितिको पूर्ण बैठकले फागुन २९ र चैत १ मा दुई दिने राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको संयोजक राजन मुकारुङले बताए ।

संयोजक मुकारुङका अनुसार भेलामा केन्द्रीय समिति, राज्य समिति र प्रवास प्रतिनिधिहरूको सहभागिता रहने छन् ।

‘आदिवासी एवम् सिमान्तकृत समुदायका मुद्दाहरू साहित्य र सिर्जनामार्फत् थप बुलन्द पार्न र राज्यको एकात्मक चरित्रविरूद्ध कलम बोक्ने समूहहरू सदैव वैचारिक हिसाबले क्रियाशील रहनेछन्,’ भेला कार्यक्रमका संयोजक समेत रहेका मुकारुङ्ले भने ।

उनले राष्ट्रिय भेलाले संगठनको विधि विधान र आगामी कार्ययोजनाहरूको तय गर्ने उल्लेख गरे । भेलाको स्थानबारे आगामी बैठकले टुङ्गो लगाउने उनले बताए ।

त्यस्तै, बैठकले केन्द्रीय सदस्य डा. विष्णुकुमार सिञ्जालीको संयोजकत्वमा पाँच सदस्यीय विधान तयारी समिति समेत गठन गरेको संयोजक मुकारुङले सुनाए ।

समितिका अन्य सदस्यहरूमा डा. सोमबहादुर धिमाल, उत्तम सुनुवार, सीता तुम्खेवा र उर्मिला गम्वा थारू रहेका छन् । सो समितिलाई फागुन १५ गतेसम्म विधान निर्माण गर्न जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी, भेलालाई केन्द्रित गरेर बैठकले राज्य समितिहरूलाई पूर्णता दिने निर्णय गरेको सचिव बुद्ध योञ्जन लामाले जनाए । सबै राज्य समिति र सम्भव भएका प्रवास समितिहरूलाई फागुन १५ गतेसम्म पूर्णता दिइने सचिव लामाले बताए ।

उनले पहिलो बैठकमा केन्द्रीय समिति, राज्य समिति संयोजकहरू र विभिन्न मुलुकका प्रवास संयोजकहरू सम्मिलित भएको जानकारी दिए ।

गत माघ एक गते घोषणा भएको साहित्यकार मुकारुङको संयोजकत्वमा महासंघको ३४ सदस्यीय केन्द्रीय तदर्थ समिति, आठ राज्य समिति संयोजक र १४ प्रवास संयोजकहरू घोषणा गरेको थियो । साहित्यकार महासंघलाई नेपाल आदिवासी जनजाति महासंघ(नेफिन)ले सम्बद्ध संस्थाका रूपमा मान्यता दिएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;