आदिवासी साहित्यकारहरूको राष्ट्रिय भेला फागुन अन्तिममा हुने

 लिम्बुवान न्युज
                       

काठमाडौं। आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालले राष्ट्रिय भेला फागुन अन्तिममा गर्ने भएको छ । सिमान्तकृत समुदायका सर्जकहरूको कार्यनीति एवम् रणनीति तय गर्न आदिवासी जनजातिका मुद्दाहरूलाई थप उचाइमा पु¥याउनका लागि भन्दै महासंघले भेला आयोजना गर्न लागेको हो ।

जुममार्फत बसेको समितिको पूर्ण बैठकले फागुन २९ र चैत १ मा दुई दिने राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको संयोजक राजन मुकारुङले बताए ।

संयोजक मुकारुङका अनुसार भेलामा केन्द्रीय समिति, राज्य समिति र प्रवास प्रतिनिधिहरूको सहभागिता रहने छन् ।

‘आदिवासी एवम् सिमान्तकृत समुदायका मुद्दाहरू साहित्य र सिर्जनामार्फत् थप बुलन्द पार्न र राज्यको एकात्मक चरित्रविरूद्ध कलम बोक्ने समूहहरू सदैव वैचारिक हिसाबले क्रियाशील रहनेछन्,’ भेला कार्यक्रमका संयोजक समेत रहेका मुकारुङ्ले भने ।

उनले राष्ट्रिय भेलाले संगठनको विधि विधान र आगामी कार्ययोजनाहरूको तय गर्ने उल्लेख गरे । भेलाको स्थानबारे आगामी बैठकले टुङ्गो लगाउने उनले बताए ।

त्यस्तै, बैठकले केन्द्रीय सदस्य डा. विष्णुकुमार सिञ्जालीको संयोजकत्वमा पाँच सदस्यीय विधान तयारी समिति समेत गठन गरेको संयोजक मुकारुङले सुनाए ।

समितिका अन्य सदस्यहरूमा डा. सोमबहादुर धिमाल, उत्तम सुनुवार, सीता तुम्खेवा र उर्मिला गम्वा थारू रहेका छन् । सो समितिलाई फागुन १५ गतेसम्म विधान निर्माण गर्न जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी, भेलालाई केन्द्रित गरेर बैठकले राज्य समितिहरूलाई पूर्णता दिने निर्णय गरेको सचिव बुद्ध योञ्जन लामाले जनाए । सबै राज्य समिति र सम्भव भएका प्रवास समितिहरूलाई फागुन १५ गतेसम्म पूर्णता दिइने सचिव लामाले बताए ।

उनले पहिलो बैठकमा केन्द्रीय समिति, राज्य समिति संयोजकहरू र विभिन्न मुलुकका प्रवास संयोजकहरू सम्मिलित भएको जानकारी दिए ।

गत माघ एक गते घोषणा भएको साहित्यकार मुकारुङको संयोजकत्वमा महासंघको ३४ सदस्यीय केन्द्रीय तदर्थ समिति, आठ राज्य समिति संयोजक र १४ प्रवास संयोजकहरू घोषणा गरेको थियो । साहित्यकार महासंघलाई नेपाल आदिवासी जनजाति महासंघ(नेफिन)ले सम्बद्ध संस्थाका रूपमा मान्यता दिएको छ ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;