संघीय मञ्च मेचीकाली अभियानमा निरन्तर अघि बढ्दै, लिम्बुवानमा संगठन विस्तार र प्रशिक्षण तिब्र पार्दै

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च निरन्तर मेचीकाली अभियानको क्रममा लिम्बुवानको विभिन्न जिल्लाहरुमा निरुन्तर कार्यक्रम गरिरहेको छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपाल र संघीय दलित मुक्ति मञ्चको आयोजनामा कार्यक्रमहरु भईरहेका छन् ।

धनकुटाको चौविसे गाउँपालिका बसन्तटारमा मञ्चले गाउँपालिका स्तरिय राजनैतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार गरिएको सो कार्यक्रममा मञ्चले प्रकाशन गरेको राजनीतिक एजेण्डा पुस्तिका वितरण र पुस्तिका बारे नेता कार्यकर्ताहरुलाई जानकारी गराइएको लिम्बुवान मञ्चका जिल्ला का.वा. अध्यक्ष कविर चेम्जोङ्ले बताए ।

यसैगरी गत सोमबार इलामको दक्षिणी चुलाचुली गाउँपालिका ४ मा पनि चुलाचुली पालिकाका स्थानीय नेताहरुलाई मेचीकाली अभियान अन्तर्गत राजनैतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा त्यस क्षेत्रका नेता तथा कार्यकर्ताहरुलाई राजनीतिक एजेण्डा पुस्तिका वितरणसँगै पार्टीको आगामी कार्यदिशा बारे जानकारी गरिएको थियो । उक्त कार्यक्रमलाई लिम्बुवान मञ्च चुलाचुली गाउँपालिका अध्यक्ष विपीन योङ्याले सहजीकरण गरेका थिए ।

यसरी नै पान्थरको याङवरक गाउँपालिका २ मा खड्क बेघाको अध्यक्षतामा २० सदस्यीय संघीय लिम्बुवान मञ्च, नेपालको वडा कमिटि गठन गरिएको छ । उक्त वडा कमिटीको उपाध्यक्षमा महेन्द्र पौडेल र शम्शेर बेघा, सचिवमा चन्द्र माङमु, सहसचिवमा लोकेन्द्र बेघा र अर्थसचिवमा मन्जु माङमु चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मनकुमार माङ्मु, टार्जन याङहाङ, यज्ञराज बेघा, बेनबहादुर बेघा, विष्णु बेघा, टिकामाया बेघा, सविन बेघा, युवराज बेघा, विवेक बेघा, स्वेणिम बेघा, अमृता बेघा, विमला बेघा र बिमल बेघा चयन भएका छन् । सल्लाहकारमा लोक बहादुर माङ्मु रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रान्तीय महासचिव संगम खनालले निर्वाचित समितिलाई शुभकामना दिदै पहिचान, संघीयता र लिम्बुवान प्रान्त सुनिश्चतताको लागि एकजुट भएर लाग्न अनुरोध गरे । कार्यक्रममा एलभी उपकमान्डर सागर बेघा, जिल्ला युवा सचिव रामचन्द्र नेम्बाङ, याङवरक गाउँपालिका कार्यबाहक अध्यक्ष दिलकुमार लक्सम, याङ्वरक गाउँपालिका युवा मञ्च अध्यक्ष भिम लिङ्देन, प्रवास कार्य समिति कोरियाको पुर्व अध्यक्ष रमेश लक्सम, आश्मिन इधिङ्गो लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;