संघीय मञ्च मेचीकाली अभियानमा निरन्तर अघि बढ्दै, लिम्बुवानमा संगठन विस्तार र प्रशिक्षण तिब्र पार्दै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च निरन्तर मेचीकाली अभियानको क्रममा लिम्बुवानको विभिन्न जिल्लाहरुमा निरुन्तर कार्यक्रम गरिरहेको छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपाल र संघीय दलित मुक्ति मञ्चको आयोजनामा कार्यक्रमहरु भईरहेका छन् ।

धनकुटाको चौविसे गाउँपालिका बसन्तटारमा मञ्चले गाउँपालिका स्तरिय राजनैतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार गरिएको सो कार्यक्रममा मञ्चले प्रकाशन गरेको राजनीतिक एजेण्डा पुस्तिका वितरण र पुस्तिका बारे नेता कार्यकर्ताहरुलाई जानकारी गराइएको लिम्बुवान मञ्चका जिल्ला का.वा. अध्यक्ष कविर चेम्जोङ्ले बताए ।

यसैगरी गत सोमबार इलामको दक्षिणी चुलाचुली गाउँपालिका ४ मा पनि चुलाचुली पालिकाका स्थानीय नेताहरुलाई मेचीकाली अभियान अन्तर्गत राजनैतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा त्यस क्षेत्रका नेता तथा कार्यकर्ताहरुलाई राजनीतिक एजेण्डा पुस्तिका वितरणसँगै पार्टीको आगामी कार्यदिशा बारे जानकारी गरिएको थियो । उक्त कार्यक्रमलाई लिम्बुवान मञ्च चुलाचुली गाउँपालिका अध्यक्ष विपीन योङ्याले सहजीकरण गरेका थिए ।

यसरी नै पान्थरको याङवरक गाउँपालिका २ मा खड्क बेघाको अध्यक्षतामा २० सदस्यीय संघीय लिम्बुवान मञ्च, नेपालको वडा कमिटि गठन गरिएको छ । उक्त वडा कमिटीको उपाध्यक्षमा महेन्द्र पौडेल र शम्शेर बेघा, सचिवमा चन्द्र माङमु, सहसचिवमा लोकेन्द्र बेघा र अर्थसचिवमा मन्जु माङमु चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मनकुमार माङ्मु, टार्जन याङहाङ, यज्ञराज बेघा, बेनबहादुर बेघा, विष्णु बेघा, टिकामाया बेघा, सविन बेघा, युवराज बेघा, विवेक बेघा, स्वेणिम बेघा, अमृता बेघा, विमला बेघा र बिमल बेघा चयन भएका छन् । सल्लाहकारमा लोक बहादुर माङ्मु रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रान्तीय महासचिव संगम खनालले निर्वाचित समितिलाई शुभकामना दिदै पहिचान, संघीयता र लिम्बुवान प्रान्त सुनिश्चतताको लागि एकजुट भएर लाग्न अनुरोध गरे । कार्यक्रममा एलभी उपकमान्डर सागर बेघा, जिल्ला युवा सचिव रामचन्द्र नेम्बाङ, याङवरक गाउँपालिका कार्यबाहक अध्यक्ष दिलकुमार लक्सम, याङ्वरक गाउँपालिका युवा मञ्च अध्यक्ष भिम लिङ्देन, प्रवास कार्य समिति कोरियाको पुर्व अध्यक्ष रमेश लक्सम, आश्मिन इधिङ्गो लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;