माङसेबुङमा ११औं पवित्रहाङका कप फूटबल प्रतियोगिता हुने

 लिम्बुवान न्युज
                       

माङसेबुङ्। ११औं पवित्रहाङमा गोल्डकप फूटबल प्रतियोगिता हुने भएको छ । किरातीहरुको धार्मिक तथा पर्यटकीयस्थल इलामकाे माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा खेल सञ्चालन हुने भएको हो ।

खेल आयोजक समितिले आज विज्ञप्ति प्रकाशन गर्दै “हाम्रो पहिचान, राष्ट्रको शान र धर्मको महलमा किरात धर्म लेखौं, राष्ट्रिय जनगणना २०७८ सफल पारौं” भन्ने नाराका साथ पवित्रहाङमा कप खेलकुद प्रतियोगिता आयोजना गरिने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिता आगामी माघ २९ गते सुरु भई फागुन २ गते फाइनल हुने जनाएको छ ।

११औं संस्करणको गोल्डकप प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र दार्जिलिङ भारतका ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ए. पि. एस. सी. दार्जिलिङ भारत, रोयल स्पोर्टस क्लब दमक झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद समिति इलाम, पञ्चकन्या एफ.सी उदयपुर, सतिसाले एफ. सि. मोरङ, खदम स्पोर्टिङ क्लब मोरङ र धरान फुटबल क्लब सुनसरीको सहभागिता रहने छ ।

११ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख १ सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने आयोजक कमिटीले जनाएको छ । पुरस्कार फागुन ३ गते ६५औं शुभजन्मोत्सव तथा नुमाङ्गेन्ना सेवा समारोहको दिन वितरण गरिने हक्चात यक्चुमका अध्यक्ष आङबुहाङले बताए ।

फागुन २ गते फूटबल खेलको फाइनलका साथै अन्य विभिन्न अतिरिक्त खेलहरु पनि सञ्चालन हुने छन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्ने, फूलमाला दौड, गाग्री भर्ने दौड, चम्चा दौड (१५ वर्ष मुनि), कराँते लगायतका खेलहरु सञ्चालन हुने विज्ञप्तीमा उल्लेख छ ।

यो खेलकुद प्रतियोगिता माङसेबुङ् गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने आयोजकको भनाई छ । इलामको माङसेबुङमा पवित्रहाङमा गोल्डकप २०६७ यता हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको शुभ जन्मोत्सवको अवसरमा सञ्चालन हुँदै आएको छ ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...