ओलीको जनप्रदर्शन जनता रुझाउन कि प्रचण्ड–माधव तर्साउन

 लिम्बुवान न्युज
                       

दमक, माघ २३, लिम्बुवानखबर । देशमा यतिबेला सत्तारुढ दल शक्तिको आडमा राज्यको दुरुपयोग गर्दै सडकमा ओर्लिएका छन् । आफूलाई ओपी पक्ष भन्न रुचाउने एकथरी छन् भने अर्कोथरी आफूलाई प्रचण्ड–माधव पक्ष भन्न रुचाउनेहरु सडकमा छन् । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ ।

माघ ९ गते प्रचण्ड-माधव समूहकाे जनप्रदर्शन

माघ ९ गते प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो करिब डेढलाख हामीले सडकमा जनता ल्यायौं अब ओलीलाई समाप्त पाछौं भन्छन् उनीहरु । सडक नै जाम गरेर गरिएको आमसभा नेपाली जनता र समृद्ध नेपालको पक्षमा छ छैन जनताले जजमेन गर्ने हो । सरकारको पछिल्लो कदम संसदीय सुनवाई नै नभई संवैधानिक अंगहरुमा नियुक्त गरेको विरोध गर्दै हिजो २२ गते मात्र यो समूहले देशव्यापी आम हड्ताल नै गरयो, जनताले फेरि सास्ती नै पाए ।

 

आज ३ लाख जनता सडकमा ओरालेर ओली समूह सत्ता रक्षा र प्रचण्ड–माधवको प्रतिवाद गर्न आज प्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो ।

जसरी प्रचण्ड–माधव समूहले देशभरीबाट कार्यकर्ता ओराले त्यसैगरी यो समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं उतार्दै छन् ।

सभालाई कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल र गृहमन्त्री रामबहादुर थापा बादलले सम्बोधन गर्ने बताइएको छ ।

२१ गते अाेली समूहकाे माेटरसाइकल रयाली

कार्यक्रमको प्रचारका लागि युवा संगठनले बुधबार वृहत मोडरसाईकल रयाली समेत निकालेरको थियो । कुनै सुरक्षा मापदण्ड विनाको त्यो रयालीले पनि बताउँछ कि अब सरकार कतातिर केन्द्रित छ भनेर प्रष्ट पारेको विश्लेषकहरु बताउँछन् । त्यसैगरी यो गुटले बिहीबार साँझ काठमाडौंमा मार्चपाससमेत गरेको छ ।

जनता फेरि पनि शान्ति र अमनचयन चाहान्छन् । जनताले जनआन्दोलनको जगमा टेकेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा गर्न चाहान्छन् तर नेताहरु पद र शक्तिको दुरुपयोग गर्दै जनतालाई सास्थी दिईरहेका छन् ।

 

प्रधानमन्त्री ओलीको सिफारिसमा राषट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि नेकपा २ टुक्रा भएको छ । त्यसको असर आमजनतालाई परेको छ । जनताहरु चाहेर नचाहेर नेताहरुको कठपुतली भएर सडकमा ओर्लिएका छन् । के यसरी लोकतन्त्रको रक्षा हुन सक्छ ? दुवै समूहले सडक प्रदर्शन र भेला मात्र होइन आम हड्तालसम्मको कार्यक्रमलाई तिव्रता दिएर कोरोनाको मार खेपिरहेका जनताहरुलाई आक्रोसित बनाएका छन् ।

प्रमुख प्रतिपक्षी दलको हैसियतमा नेपाली कांग्रेस पनि सडक आन्दोलनमा आएको छ । त्यसैगरी अर्को दल जसपा समेत सरकारको असंवैधानिक कदमको विरोध गरिरहँदा राप्रपा लगायत राजतन्त्र पक्षधरहरु सरकारको मौन समर्थन गरिरहेको देखिन्छ । यता सानै भएपनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, विवेकशिल साझा पार्टीहरुले राज्यको कदमको विरोध गर्दै आएका छन् ।

अध्यक्ष कुमार लिड्देन मिराक, संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च

अबको विकल्प भनेको सबै प्रतिपक्षदलहरुको गोलमेच सम्मेलन मार्फत संयुक्त संघर्ष समिति निर्माण गर्दै तेस्रो जनआन्दोलनबाट काम चलाउ प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारबाट विदा गर्नु पर्ने संघीय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक बताउँछन् । संघीयता नै समाप्त पार्ने षडयन्त्रमा ओलीतन्त्र हावी भएको उनको तर्क छ । प्रतिनिधिसभा मात्र होईन प्रदेश सभा नै विघटन गर्ने सक्ने बताउँदै अध्यक्ष लिङ्देनले अब पनि सबै दलहरु एकजुट भएर सरकार विरुद्ध आन्दोलित भईएन भने अरु अढाईसय बर्ष देशमा परिवर्तन हुन सक्दैन ।

वर्तमान सरकारको कदम विरुद्ध नागरिक समाज लगायतका अभियन्ताहरु समेत डटेर लढ्ने प्रतिबद्धता गरिरहँदा लोकतन्त्रको पक्षमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षाको लागि जनता जुट्ने कि हालको नेकपाको जुहारीको ललिपपमा भुल्ने त ।

आजको ओली सरकारको प्रर्दशन जनतालाई रुझाउनलाई हो या त प्रचण्ड–माधव समूहलाई तर्साउन हो त ? जनताले यसको उत्तर खोजिरहेका छन् ।

(फाइल तस्वीर)

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...