किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

 लिम्बुवान न्युज
                       


दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा चैत्र १२ गतेदेखि १४ गतेसम्म तीन दिवसीय कार्यक्रम हुने भएको हो ।
१२औं राष्ट्रिय महाधिवेशनको खुल्लासत्र मेची रंगशाला अगाडिको खुल्ला मैदानमा १२ गते विहीबार उद्घाटन हुनेछ । कार्यक्रममा संस्थापक उपाध्यक्ष तथा पूर्व शान्ती तथा पुननिर्माण मन्त्री रकम चेम्जोङले गर्ने जनाइएको छ ।
याक्थुङ पहिचान झल्कने भेषभुषा, केलाङ्,यालाङ्, येवा लाङ् लगायत सास्कृतिक झाँकी सहित बजार परिक्रममा समेत गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । त्यसपछि खुल्लासत्रमा विभिन्न जातीय संस्थाका प्रमुखहरु र अतिथिहरुबाट मन्तव्य सहित खुल्ला सत्र समापन हुने बताइएको छ ।


१३ गते विहान भद्रपुरमा शुरुहुने बन्दसत्रमा प्रदेश १ को १० जिल्ला, बागमतीको चार वटा र लुम्बिनीको कास्की गरी १५ वटा जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक, प्रदेश नं. १ को लिम्बुवान प्रदेश समिति र नेवा–तामाङसालिङ प्रदेश समिति, ६ वटा विषयगत संगठन, विदेशस्थित चुम्लुङका प्रतिनिधिहरु,सम्बन्धन प्राप्त लिम्बु जन्य तथा थरगत संस्थाका प्रतिनिधिहरु गरी करिब ५ सय जना प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी हुने पत्रकार सम्मेलनमा जनाइएको छ । प्रतिनिधि तथा पर्यवेक्षकको लागि खाना र आवासको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासचिव तिरन्ती तुम्बापोले मुक्कुमलुङ संरक्षण तथा नो केवलकार, प्रदेश नं. १ लाई “लिम्बुवान, किरात नामाकरण” तथा नो कोशी आन्दोलन लगायतका प्रमुख विषयमा बृहत छलफल गरी आगामी कार्यदिशा तय गर्ने बताउनु भयो । यस्तै उनले प्रदेश नं. १ मा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्व्यन गराउने, याक्थुङ समुदायको मृत्यु संस्कार, परम्परा, विचलन र प्रभावहरु, आदिवासी संस्था र ऐन कानुन सम्बन्धी एजेन्डाहरुमा समेत छलफल गरिने बताउनु भयो ।
यस महाधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व पाउने भएको छ । कियाचुले याक्थुङ लिम्बु आदिवासीहरु माथिभएको अन्याय एवम् सबै खाले विभेद र असमानताको अन्त्यको लागि निरन्तर संघर्ष र खबरदारी गर्ने विज्ञप्ति मार्फत जनाइएको छ ।
कियाचु जिल्ला कार्य समितिको व्यवस्थापन तथा भद्रपुर नगर समितिको सह–व्यवस्थापनमा हुन लागेको महाधिवेशन १४ गते तरेचा र याक्थुङ सांस्कृतिक केलाङ र यालाङ् सहित समापन गरिने कियाचु जिल्ला कार्य समिति झापाका अध्यक्ष सेसेहाङ फियाकले लिम्बुवान खबरलाई बताउनु भयो । कार्यक्रममा राष्ट्रियस्तरका लिम्बु कलाकारहरुको समेत प्रस्तुती रहने बताइएको छ ।


,

 

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;