सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

,   लिम्बुवान न्युज
                       

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे ।

मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः नामाङ्कन संयुक्त संघर्ष समिति माेरङले आयोजना गरेको स्मृति सभालाई सम्बाेधन गर्दै पहिचानवादी नेताहरूले प्रदेश एकलाई पहिचानका आधारमा पुन:नामाङ्कन गर्नुपर्ने कुरामा जाेड दिए ।

संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान प्रान्तीय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक्’ले लाजेहाङकाे सहादतले सबैलाई उर्जा दिइरहेको भन्दै प्रदेश एक पुनःनामाङ्कन आन्दोलनले सबैलाई एक ठाउँमा ल्याएको दाबी गरे ।

यसैगरी, उज्यालो नेपाल पार्टीका सङ्घीय सदस्य केदार धिमालले सदन र सडक दुवैबाट पहिचानको आन्दोलन अघि बढाउनुपर्ने बताए । त्यस्तै, किराया उपाध्यक्ष तिलक प्रसाद राईले पहिचानको आन्दोलनको समीक्षा गरेर घटकहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

त्यस्तै, कियाचु महासचिव निरन्ती तुम्बापाेले सहिद र घाइतेको सपना पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउँदै आगामी निर्वाचनहरूलाई प्रयोग गर्नुपर्ने जनाइन् । किराया महासचिव अर्जुन जुम्नेली राईले प्रतिनिधिसभाकाे मतपरिणाम र संरचना हेर्दा पहिचानको आन्दोलन जीवित रहेको तर्क राखे ।

सभामा सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चका उपमहासचिव दिलु लिङ्देन लाओती, कियाचु राष्ट्रिय चुम्लुङ सदस्य नयनहाङ लिम्बु लगायतले धारणा राखेका थिए ।

कियाचु माेरङ अध्यक्ष डिल्ली लिङ्दमकाे अध्यक्षतामा भएको सभालाई सहिद लाजेहाङ स्मृति प्रतिष्ठानले व्यवस्थापन गरेको थियोे ।
कार्यक्रममा कियाचु उपाध्यक्ष डा. कमल तिगेला, जसपा केस नन्द याम्फू, सहिद लाजेहाङकी जीवनसंगिनी दिलु लिम्बु लगायतको उपस्थिति रहेको थियोे ।

किरात राई यायाेक्खा माेरङ अध्यक्ष केदार राईले स्वागत मन्तव्य राखेको कार्यक्रम मिक्सन मिभक लिम्बुले सञ्चालन गरेका थिए । सभाअगाडि बेलबारी नपा-३ मा रहेको लाजेहाङकाे समाधिस्थलमा माल्यार्पण गरिएको थियाे । साथै, उनको सम्मानमा एक मिनेट माैनधारण कार्यक्रम गरिएको थियोे ।
०७९ फागुन १७ गते एमाले, काङ्ग्रेस, माओवादी र राप्रपा नेपालका ८२ सांसदहरूले ‘काेशी’ काे पक्षमा मतदान गरे । नेकपा समाजवादी एकीकृतका चार सांसदहरूले ‘किरात लिम्बुवान सगरमाथा’ काे पक्षमा मतदान गरे । ‘काेशी’ नामकरण विरुद्ध नाम खारेजीकाे माग राखी आन्दोलन उठ्याे । चैत ५ गतेकाे विराटनगरकाे प्रदर्शनमा घाइते भएका लिम्बुवान भाेलेन्टियर्सका उपकमान्डर पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’काे चैत १० गते उपचारका क्रममा ४२ वर्षको उमेरमा देहान्त भएको थियोे । त्यसपछि आन्दोलन चर्किएपछि उनलाई मन्त्रिपरिषदकाे बैठकले राष्ट्रिय सहिद घाेषणा गरेको थियोे । आन्दोलनमा सयाैँ घाइते भएका थिए । केही अझै जेलजीवन बिताइरहेका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;