सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

 लिम्बुवान न्युज
                       

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे ।

मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः नामाङ्कन संयुक्त संघर्ष समिति माेरङले आयोजना गरेको स्मृति सभालाई सम्बाेधन गर्दै पहिचानवादी नेताहरूले प्रदेश एकलाई पहिचानका आधारमा पुन:नामाङ्कन गर्नुपर्ने कुरामा जाेड दिए ।

संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान प्रान्तीय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक्’ले लाजेहाङकाे सहादतले सबैलाई उर्जा दिइरहेको भन्दै प्रदेश एक पुनःनामाङ्कन आन्दोलनले सबैलाई एक ठाउँमा ल्याएको दाबी गरे ।

यसैगरी, उज्यालो नेपाल पार्टीका सङ्घीय सदस्य केदार धिमालले सदन र सडक दुवैबाट पहिचानको आन्दोलन अघि बढाउनुपर्ने बताए । त्यस्तै, किराया उपाध्यक्ष तिलक प्रसाद राईले पहिचानको आन्दोलनको समीक्षा गरेर घटकहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

त्यस्तै, कियाचु महासचिव निरन्ती तुम्बापाेले सहिद र घाइतेको सपना पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउँदै आगामी निर्वाचनहरूलाई प्रयोग गर्नुपर्ने जनाइन् । किराया महासचिव अर्जुन जुम्नेली राईले प्रतिनिधिसभाकाे मतपरिणाम र संरचना हेर्दा पहिचानको आन्दोलन जीवित रहेको तर्क राखे ।

सभामा सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चका उपमहासचिव दिलु लिङ्देन लाओती, कियाचु राष्ट्रिय चुम्लुङ सदस्य नयनहाङ लिम्बु लगायतले धारणा राखेका थिए ।

कियाचु माेरङ अध्यक्ष डिल्ली लिङ्दमकाे अध्यक्षतामा भएको सभालाई सहिद लाजेहाङ स्मृति प्रतिष्ठानले व्यवस्थापन गरेको थियोे ।
कार्यक्रममा कियाचु उपाध्यक्ष डा. कमल तिगेला, जसपा केस नन्द याम्फू, सहिद लाजेहाङकी जीवनसंगिनी दिलु लिम्बु लगायतको उपस्थिति रहेको थियोे ।

किरात राई यायाेक्खा माेरङ अध्यक्ष केदार राईले स्वागत मन्तव्य राखेको कार्यक्रम मिक्सन मिभक लिम्बुले सञ्चालन गरेका थिए । सभाअगाडि बेलबारी नपा-३ मा रहेको लाजेहाङकाे समाधिस्थलमा माल्यार्पण गरिएको थियाे । साथै, उनको सम्मानमा एक मिनेट माैनधारण कार्यक्रम गरिएको थियोे ।
०७९ फागुन १७ गते एमाले, काङ्ग्रेस, माओवादी र राप्रपा नेपालका ८२ सांसदहरूले ‘काेशी’ काे पक्षमा मतदान गरे । नेकपा समाजवादी एकीकृतका चार सांसदहरूले ‘किरात लिम्बुवान सगरमाथा’ काे पक्षमा मतदान गरे । ‘काेशी’ नामकरण विरुद्ध नाम खारेजीकाे माग राखी आन्दोलन उठ्याे । चैत ५ गतेकाे विराटनगरकाे प्रदर्शनमा घाइते भएका लिम्बुवान भाेलेन्टियर्सका उपकमान्डर पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’काे चैत १० गते उपचारका क्रममा ४२ वर्षको उमेरमा देहान्त भएको थियोे । त्यसपछि आन्दोलन चर्किएपछि उनलाई मन्त्रिपरिषदकाे बैठकले राष्ट्रिय सहिद घाेषणा गरेको थियोे । आन्दोलनमा सयाैँ घाइते भएका थिए । केही अझै जेलजीवन बिताइरहेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;