युमा साम्योको तेस्रो बार्षिक उत्सव धरानमा सम्पन्न

 लिम्बुवान न्युज
                       

धरान। सुनसरीको धरानमा युमा साम्योले तेस्रो बर्षिक उत्सव भव्य रुपले मनाएको छ । कार्यक्रम धरान १५ स्थित युमा साम्योे कार्यालयबाट ¥याली सहित भानुचोक हुँदै बुढासुब्बा मन्दिर परिक्रमा गरी विजयपुर परिसरमा पुगेर सभामा परिणत भएको थियो ।

¥यालीमा यवा साम्वा तथा फेदाम्वा र च्याब्रुङ सहित जातिय भेषभुषाहरूमा सजिएर सहभागी भई अव आउने जनगणनामा युमा साम्यो धर्म लेखौ र याक्थुङ लिम्बुहरूको मौलिक धर्म नै युमा साम्यो हो भन्ने नाराको प्लेकार्ड सहभागी भएका थिए ।

कार्यक्रममा करिव झण्डै ३०० जना भन्दा बढीको उपस्तिति रहेको थियो । फेदाङमाहरुले विजयपुरमा पुगि आफ्नो मुन्धुम अनुसार पुजा गालिसराव बगाएको छ । साथै उभौलिपुजा, आईतबारेपुजा, युमापुजा गरी सतमि पोलमि छर्कि विभिन्न पुजा आर्चना गरेको छ ।

यस बार्षिक उत्सवमा धाननाँच लगायत विभिन्न सांगीतिक मनोरञ्जन पनि दिएको थियो । बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि दवेन्द्र वनेम ज्युले सम्पुर्ण ९ जिल्ला लिम्बुवानमा रहेका लिम्बू समुदायहरूलाई जातको आधारमा लिम्बू र धर्मको माहोलमा युमा साम्यो लेख्न पनि आग्रह गरेका छन् । प्रमखु अतिथि वनेमले विजयपुर हाम्रो लिम्वुवानको ऐतिहासिक दरबार हो भनी किटान गर्दै अरूण पुर्वको ९ जिल्ला लिम्बुवान भएको बताए ।

कार्यक्रम युमा साम्योका केन्द्रीय स्तरका पदधिकारीका साथै धरानवासीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बुवान भोलेन्टियर्सका सह-कमाण्डर लाजेहाङ आइसियूमा

धरान, ९ चैत्र । संघीय लिम्बुवान प्रान्तीय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका सह-कमाण्डर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचार भईरहेको छ । उनी यहि चैत्र ५ गते विराटनगरको विरोध जनप्रदर्शनमा शसस्त्र प्रहरीसँगको...

घाइते आङदेम्बेलाई प्रतिष्ठानद्वारा आर्थिक सहयोग प्रदान

दमक, ८ चैत्र । शहीद राजकुमार आङदेम्बे ‘माङतोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानका उपाध्यक्ष दिपक आङदेम्बेका छोरा साम्योक आङदेम्बेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले गत चैत्र २८ गते गरेको...

‘कोशी’ प्रदेश नाम खारेजी आन्दोलनकाे कार्यक्रम पुनः घोषणा

दमक, ८ चैत्र । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले बुधबार फेरि आन्दोलनको कार्यक्रम विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ । षड्यन्त्रपूर्वक छलकपटपूणर् एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोशी’ प्रदेश...

शहीद मनिल तामाङको १४औं स्मृति दिवस मनाइयो

दमक, ७ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत्ता प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै...