युमा साम्योको तेस्रो बार्षिक उत्सव धरानमा सम्पन्न

 लिम्बुवान न्युज
                       

धरान। सुनसरीको धरानमा युमा साम्योले तेस्रो बर्षिक उत्सव भव्य रुपले मनाएको छ । कार्यक्रम धरान १५ स्थित युमा साम्योे कार्यालयबाट ¥याली सहित भानुचोक हुँदै बुढासुब्बा मन्दिर परिक्रमा गरी विजयपुर परिसरमा पुगेर सभामा परिणत भएको थियो ।

¥यालीमा यवा साम्वा तथा फेदाम्वा र च्याब्रुङ सहित जातिय भेषभुषाहरूमा सजिएर सहभागी भई अव आउने जनगणनामा युमा साम्यो धर्म लेखौ र याक्थुङ लिम्बुहरूको मौलिक धर्म नै युमा साम्यो हो भन्ने नाराको प्लेकार्ड सहभागी भएका थिए ।

कार्यक्रममा करिव झण्डै ३०० जना भन्दा बढीको उपस्तिति रहेको थियो । फेदाङमाहरुले विजयपुरमा पुगि आफ्नो मुन्धुम अनुसार पुजा गालिसराव बगाएको छ । साथै उभौलिपुजा, आईतबारेपुजा, युमापुजा गरी सतमि पोलमि छर्कि विभिन्न पुजा आर्चना गरेको छ ।

यस बार्षिक उत्सवमा धाननाँच लगायत विभिन्न सांगीतिक मनोरञ्जन पनि दिएको थियो । बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि दवेन्द्र वनेम ज्युले सम्पुर्ण ९ जिल्ला लिम्बुवानमा रहेका लिम्बू समुदायहरूलाई जातको आधारमा लिम्बू र धर्मको माहोलमा युमा साम्यो लेख्न पनि आग्रह गरेका छन् । प्रमखु अतिथि वनेमले विजयपुर हाम्रो लिम्वुवानको ऐतिहासिक दरबार हो भनी किटान गर्दै अरूण पुर्वको ९ जिल्ला लिम्बुवान भएको बताए ।

कार्यक्रम युमा साम्योका केन्द्रीय स्तरका पदधिकारीका साथै धरानवासीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...