रविमा पहिचानविरोध विरुद्ध गर्जिए कुमार लिङ्देन

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ। एकात्मकवादी पार्टीहरुको अराजनैतिक र असंवैधानिक कदमले मूलुक संकटमा फस्दै गएकोले पहिचान विरोधहरुको विरुद्ध एकजुट भएर जरैदेखि उखेलेर फालेमात्र देशमा नयाँ परिवर्तन हुने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले बताएका छन् । शनिबार मिक्लाजुङकाे रविवजारमा संघीय लिम्बुवान मञ्च, मिक्लाजुङले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्नेक्रममा उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा गर्जिदै अध्यक्ष लिङ्देनले नेकपा र कांग्रेसको विकासे ललिपपमा नभूल्न रविबासी जनतालाई आग्रह गरे । उनले भने— देशको मुहार फेर्नु छ भने अब पुरानो पार्टीको पछि लागेर परिवर्तन नुहेन बताए । जबसम्म सबै जाती, समुदाय र वर्गलाई अधिकार सहितको नागरिक बनाउन सकिदैन परिवर्तन हुन नसक्ने बताए । केपी ओलीको असंवैधानिक कदमले मुलक द्वन्द्व तर्फ उन्मुख भएकोमा चिन्ता व्यक्त गर्दै एउटाको दलको दुई तिहाई बहुमत हुँदैमा देश परिवर्तन नहुने बताए । कांग्रेसले विगतमा गरेको संसद विघटनलाई टेक्दै ज्ञानेन्द्रले कु गरेर दोस्रो जनआन्दोलन पश्चात ज्ञानेन्द्रको सत्ताच्यूत भएता पनि दुई तिहाई मत पाएको नेकपाले पनि अन्ततः पुनः संसद विघटन गरेका छन् । त्यसको विरुद्ध सबै दल मिलेर संयुक्त आन्दोलन गर्नको निमित्त आव्हान गरेका छन् । अध्यक्ष लिङ्देनले शक्तिशालि जातीय सभा गठन गर्नु पर्ने त्यो संविधान मै उल्लेख गरिनु पर्ने त्यसले मात्र प्रधामन्त्रीलाई शक्तिशाली बन्न नदिने बताए । अर्को प्रसङ्गमा अध्यक्ष लिङ्देन मञ्च १०+१ प्रान्तवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी र संघीयवादी भएको स्पष्ट पारेका छन् । उनले संविधान अपुरो भएको हुँदा संविधान पुनर्लन गरेर अघि बढ्नु पर्ने बताएका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङ, संघीय अर्थ संयोजक विष्णु यक्सो, प्रान्तीय उपमहासचिव दिल कुमार लावती, मोरङ् जिल्ला अध्यक्ष दिलु लिङ्देन लावती, इलाम जिल्ला अध्यक्ष दिपक योङहाङ, पान्थर जिल्ला बरिष्ठ उपाध्यक्ष चन्द्रराज आङ्देम्बे लगायत नेताहरुले सम्बोधन गरेका छन् ।

त्यसैगरी कार्यक्रममा मञ्चका सचिवालय सदस्य सुखबहादुर थेगिम, हेम जवेगु, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा, सुर्य लिम्बु, रिता मादेन लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

किरात याक्थुङ् साङ्दवा केलाङ् मिक्लाजुङ् ५ ले सुन्दर केलाङ् नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम लिम्बुवान मञ्च मिक्लाजुङ्का अध्यक्ष भानु फियाकको सभाध्यक्षतामा भएको थियो भने कार्यक्रमलाई उपाध्यक्ष भक्तबहादुर नेम्बाङ्ले स्वागत र युवा नेता प्रकाश अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

सोही दिन लिम्बुवान मञ्च पाँचथर जिल्ला कमिटीले फाल्गुनन्दको घुर्बिसे पञ्चमी, फिदिन नगरपालिका, याङवरकको नागी र हिल्लीहाङको हस्तपुरमा राजनीतिक प्रशिक्षण, अन्तरक्रिया र पार्टीको राजनीतिक एजेण्डा पुस्तक वितरण गरेको मञ्चका महासचिव तथा पाँचथर जिल्ला इन्चार्ज संगम खनालले बताए ।

आगामी फाल्गुनमा हुने संघीय लिम्बुवान मञ्च, नेपाल पाँचथरकाे जिल्ला अधिवेशनलाई लक्षित गरेर स्थानीय पालिकाहरुमा कार्यक्रमलाई तिब्रता दिइएको मञ्चका जिल्ला अध्यक्ष सागर केरुङ्ले बताए ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...