नालीफूङवाको पाँचौं महाधिवेशन चैत्र मसान्तमा

,   लिम्बुवान न्युज
                       

माङसेबुङ,लिम्बुवानखबर। किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ पान्जुम्भोको पाँचौ केन्द्रीय महाधिवेशन हुने भएको छ । किरात धर्ममा आबद्ध युवाहरुको साझा संस्था पान्जुम्भोको माघ २४ गते बसेको पूर्ण बैठकले सो निर्णय गरेको हो ।

पान्जुम्भोको पाँचौं महाधिवेशन आगामी चैत २९ र ३० गते इलामको माङसेबुङमा गरिने बताइएको छ । कार्यक्रमलाई किरात चोत्लुङ मुहिङगुम अङसी माङगेना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ्ले सम्बोधन गर्ने आयोजकले जनाएको छ । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न नालीफूङ्वाहरुको बृहत् उपस्थिति गरिने भएको छ ।

किरात धर्ममा लामो समय योगदान गर्नु हुने पुर्व नालीफूङ्वा मुजोलुङ समितिका २ जना व्यक्तित्वहरुलाई सम्मान–पत्रद्वारा सम्मान गर्ने जनाएको छ छ । त्यसै गरी १ महिला र १ पुरुषलाई नालीफूङ्वा जुझारु पुरस्कार–२०७७ प्रदान गर्ने समेत बैठकमा निर्णय भएको समितिको केन्द्रीय सचिव योगेस लाओती “चुक्सा याप्मी”ले बताए ।

कार्यक्रममा प्रत्येक जिल्ला, स्थानीय तह तथा वडाबाट प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुने आयोजकले बताएको छ ।

समितिको कार्यवधी गत २०७७ साल कातिक १६ गते समाप्त भएको थियो तर विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९का कारण महाधिवेशन स्थगन नालीफूङवा पान्जुम्भो केन्द्रीय अध्यक्ष दीपक तिगेला खेवाहाङ (लिम्बु) बताए । उनले चैत्र २९ र ३० गते हुने दुई दिवसीय महाधिवशेनमा उपस्थितिको लागि तमाम नालिफुङ्वाहरुलाई आव्हान गरेका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;