कुशल थलङले ल्याए –आनाकानी गर्छौं किन ?

 लिम्बुवान न्युज
                       

काठमाडौं। गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली… बोलको गीत लिएर आएका हुन् ।

रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका हुन् ।

म्युजिक भिडियोमा सार्वजनिक गरिएको गीतमा कुशल थलङ, सुजाता थुलुङ राई, विष्णु मोक्तान, दिनेश माङ्मु लिम्बू, कानुन लिम्बू थेबे, रोयल लिम्बू, करिश्मा क्षेत्री, कृति मिभक, सबनम राईले अभिनय गरेका छन् ।

आफ्ना भाईहरुले विवाह गरिसक्दा पनि जेठोको जीवन आनाकानीमै बितेको दिनचर्यालाई रोमाञ्चक ढङ्गले भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोको लागि सोम मगरातीको श्रृङ्गार, छायांकन भूपेन्द्र तुम्बाहाम्फे, पोष्ट प्रोडक्सन रमेश मिभक र पुष्पा तुम्बाहाम्फे, सम्पादन अनिल राना र निर्देशन दिनेश माङ्मुले गरेका हुन् ।

(भिडियो कुशल थलङको आफ्नै च्यानलबाट हेर्न र सुन्न सकिन्छ)

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;