ओलीको असंवैधानिक कदम विरुद्ध झापाली पत्रकार सडकमा

 लिम्बुवान न्युज
                       

विर्तामाेड । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्ला झापाका पत्रकारहरुले ओलीको असंवैधानिक कदमको विरुद्ध आज बिर्तामोडको मुक्तिचोकमा प्रर्दशन गरेका छन् ।

सडकमा भेला भएका झापाली पत्रकारहरुले “विरोधि कानुन फिर्ता गर”, “संबिधानको रक्षा गर”, “प्रतिगमन मुर्दावाद” लगायतका नारा लगाउँदै प्रर्दशन गरेका छन् । पत्रकारहरूले प्रधानमन्त्री ओलीको संविधान विरोधी कामले प्रतिगमन निम्तिएको भन्दै सच्याउनु पर्ने माग राखेका छन् । ओली सरकारकाे असंवैधानिक कदमले प्रेस स्वतन्त्रता माथी हस्तक्षेप गरेकाे पत्रकार जन्य संगठनहरूले बताएका छन् ।

नेपाल प्रेस युनियन झापा र प्रेस संगठन नेपालले संयुक्त आयोजना गरेको प्रदर्शनमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नारी सञ्चार गृह, आदिवासी पत्रकार संघसहित विभिन्न पत्रकारजन्य संघरसंगठनले समेत समर्थन जनाएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटा, महासंघ प्रदेश १ का सदस्य तीर्थ सिग्देल, महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री, प्रेस संगठन नेपाल प्रदेश १ का संयोजक राजन केडी, झापा संयोजक मुक्ति पौडल, फोनिजका प्रदेश १ इन्चार्ज दिपिन राई, प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य लोकराज ढकाल, रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोल, आदिवासी पत्रकार संघका अध्यक्ष इन्द्रसिंह राजवंशी, प्रेस संगठनका प्रदेश सदस्य सुव्रत न्यौपाने, नारी सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटी लगायतले प्रधानमन्त्री ओलीको कदम प्रेस विरोधी कदम भएको बताएका छन् ।

प्रेस संगठन झापाका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्द्र पूर्वेली लगायत अन्य विभिन्न पत्रकार जन्य संगठनका पत्रकारहरु सहभागी भएका थिए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...