ओलीको असंवैधानिक कदम विरुद्ध झापाली पत्रकार सडकमा

 लिम्बुवान न्युज
                       

विर्तामाेड । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्ला झापाका पत्रकारहरुले ओलीको असंवैधानिक कदमको विरुद्ध आज बिर्तामोडको मुक्तिचोकमा प्रर्दशन गरेका छन् ।

सडकमा भेला भएका झापाली पत्रकारहरुले “विरोधि कानुन फिर्ता गर”, “संबिधानको रक्षा गर”, “प्रतिगमन मुर्दावाद” लगायतका नारा लगाउँदै प्रर्दशन गरेका छन् । पत्रकारहरूले प्रधानमन्त्री ओलीको संविधान विरोधी कामले प्रतिगमन निम्तिएको भन्दै सच्याउनु पर्ने माग राखेका छन् । ओली सरकारकाे असंवैधानिक कदमले प्रेस स्वतन्त्रता माथी हस्तक्षेप गरेकाे पत्रकार जन्य संगठनहरूले बताएका छन् ।

नेपाल प्रेस युनियन झापा र प्रेस संगठन नेपालले संयुक्त आयोजना गरेको प्रदर्शनमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नारी सञ्चार गृह, आदिवासी पत्रकार संघसहित विभिन्न पत्रकारजन्य संघरसंगठनले समेत समर्थन जनाएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटा, महासंघ प्रदेश १ का सदस्य तीर्थ सिग्देल, महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री, प्रेस संगठन नेपाल प्रदेश १ का संयोजक राजन केडी, झापा संयोजक मुक्ति पौडल, फोनिजका प्रदेश १ इन्चार्ज दिपिन राई, प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य लोकराज ढकाल, रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोल, आदिवासी पत्रकार संघका अध्यक्ष इन्द्रसिंह राजवंशी, प्रेस संगठनका प्रदेश सदस्य सुव्रत न्यौपाने, नारी सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटी लगायतले प्रधानमन्त्री ओलीको कदम प्रेस विरोधी कदम भएको बताएका छन् ।

प्रेस संगठन झापाका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्द्र पूर्वेली लगायत अन्य विभिन्न पत्रकार जन्य संगठनका पत्रकारहरु सहभागी भएका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...