ओलीको प्रतिगमन रोक्न संयुक्त आन्दोलन आवश्यक : यादव

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट सिर्जित प्रतिगमनको स्थितिलाई रोक्न संयुक्त आन्दोलन आवश्यक रहेको बताएका छन् । सोमबार झापाको दमकमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका नेता यादवले पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले भने –“अब फागुन पहिलो हप्ताभित्र जसपा, कांग्रेस र नेकपा (माधव–प्रचण्ड समूह) को संयुक्त मोर्चा गठन गरेर प्रतिगमन विरुद्ध सशक्त आन्दोलन हुन्छ ।”
देशलाई घात र संविधानलाई आघात गर्ने ओली कदमका कारण जनताले प्राप्त गरेका अधिकार गुम्ने खतरा रहेको भन्दै पूर्व मन्त्री समेत रहेका यादवले दलहरुले नभइ जनताको आन्दोलनबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता लगायतका उपलव्धि प्राप्त भएको भन्दै यसको रक्षाको लागि पनि जनता नै जागरुक हुनुपर्ने जिकिर गरे ।

अर्को एक प्रसङ्गमा यादवले ओलीले दल विभाजन गर्न ल्याएको अध्यादेशलाई असफल सिद्ध गर्दै समाजवादी पार्टी र राजपा एकता भइ जसपा एकता भएको दावी गरे ।

पत्रकारहरुले जसपाको प्रदेश नम्बर १ मा दुईवटा प्रदेश समिति रहेकोमा कुन चाहिँ आधिकारिक हो ? भनी राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने (“राजपा तर्फ प्रदेश १ लगायत सातै प्रदेशमा समिति थिएन । कसैले रातौंरात प्रदेश समिति गठन गरेको भए त्यो अनैतिक कार्य हो । अनैतिक कार्यले पार्टी निर्माण हुँदैन । त्यस्तो कार्यलाई मान्यता दिन सकिदैन । बैकल्पिक शक्ति निर्माण जालझेल गरेर बन्दैन ।
तहगत पार्टी समायोजन कार्यलाई इमान्दारितापूर्वक सम्पन्न गर्नुपर्ने उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा बोल्दै जसपा प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले आफूहरु प्रतिगमन विरुद्ध जनजागरण अभियान सहित पार्टी समायोजन र रूपान्तरण कार्यमा जुटेको बताए ।

प्रदेश १ मा छिट्टै तहगत पार्टी समितिहरु समायोजन र रूपन्तरण गर्ने भन्दै चाम्लिङले मतका आधारमा जसपा तेस्रो शक्ति भए पनि अग्रगामी मुद्दाका आधारमा पहिलो राजनीतिक शक्ति भएको दावी गरे ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...