तमोर फिल्मसकाे “आनी याक्थु्ङवा–२” सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौं। तमोर फिल्म्स् प्रा.लि.को प्रस्तुति ‘आनी याक्थुङ्बा–२’को मंगलबार सार्वजनिक भएको छ । चलचित्र निर्देशक दिनेश लिङ्देन, गायक शम्भू फोम्बो र आनी याक्थुङ्वासँग सम्बन्धित कलाकार, निर्देशकको उपस्थितिमा सार्वजनिक भएको हो । लिम्बू र याक्खा जातिले गाउने पाःलामको लयमा आधारित आनी याक्थुङ्बा छथरे भाषामा आधारित छ ।

लिम्बुवानमा लाग्ने मेलाबाट करिब एक दुई किलोमिटरको दुरीमा लाग्ने टुक्रे बजारमा नाचिएको धाननाँचलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

पाःलामलाई तेज मेन्याङ्बो लिम्बूले रचना गरेका छन् भने सुमन लिम्बूको लय र अशोक लोहरूङ राईको एरेन्ज रहेको छ । पाःलाम गायनमा चर्चित बनेका सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रेकर्ड भएको पाःलाममा दिवस पयाङ्गु, भीम सेनेहाङ, रोजिना थेगिम, दीपा सुहाङ लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेनले साथ दिएका छन् ।

भिडियोमा रुद्र पाहिम, पुष्पाञ्जली तिल्लिङ मादेन, बिमला खजुम, कृष्णराज नेम्बाङ, दिवस पयाङ्गु, मनु थक्लुङ लिम्बू, भीम सेनेहाङ, रोजिना थेगिम, नैनकला आङ्देम्बे, सीतादेवी फोम्बो, राधिका फोम्बो, पुष्पराज आङ्बुहाङ, रोजिना थेगिम, सुमन लिम्बू, निरन्ता नेम्बाङ, सीताराम लिम्बूलाई देख्न सकिन्छ ।

सार्वजनिक कार्यक्रममा पत्रकार देवेन्द्र खापुङले चलचित्रहरूमा भइरहेको सिक्वेल प्रथा पाःलामसम्म आएको बताएका थिए । पहिलो सिक्वेलमा गाउँमा आएको पाहुनासँग धान नाच्ने प्रथालाई प्रकाश पारिएको र दोश्रो सिक्वेलमा टुक्रे बजारलाई संसारलाई बुझाउने प्रयास भएको खापुङको भनाई थियो ।

सार्वजनिक कार्यक्रममा कलाकारहरू रुद्र पाहिम, पुष्पाञ्जली तिल्लिङ मादेन, कृष्णराज नेम्बाङलगायतले छायांकन हुँदा ज्यादै जाडो भएको अनुभव बताएका थिए । यद्यपि कामको शिलशिलामा जाडोको प्रवाह नभएको पनि कलाकारहरूको अनुभव थियो ।

गायक सुमन लिम्बू र गायिका निरन्ता नेम्बाङले भिडियोमा समावेश भएको पाःलामको टुक्रा सुनाएका थिए ।

चलचित्र निर्देशक दिनेश लिङ्देनले बागमती प्रदेशमा भइरहेको यस सार्वजनिकीकरणमा बसिरहँदा लिम्बुवानमा बसिरहेको छु भन्ने आभास भएको बताएका थिए । पाःलाम विशुद्ध लिम्बू जातिमा हुने र पृथक लयलाई संसारभर पु¥याएकोमा धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रमका सभापति लोकेन साम्बाले भिडियो निर्माणमा सबैले साथ दिएकोमा धन्यवाद दिएका थिए । लिम्बू जातिमा रहेको विभिन्न गीत, भाका तथा लयको भिडियो निर्देशन गरिसकेका लोकेन साम्बाले यस पाःलाममा टुक्रेबजारको कथालाई जोड्न सफल भएको बताएका थिए ।

(भिडियाे हर्नुहाेला)

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;