प्रचण्ड–माधव पक्षको नेकपाको र्याली सहितको विशाल जनप्रदर्शन

 लिम्बुवान न्युज
                       

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । सभाअघि काठमाडौ उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकालेको छ ।

ओलीले ५ पुसमा संसद विघटन गरेपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंमा आज विशाल प्रदर्शन गरेको छ । जुलुस माइतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौरबाट निकालिएको छ । जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ ।

सभाका लागि काठमाडौँको बसपार्क, राष्ट्रिय सभा गृह र भद्रकालीको बीचमा टी आकारमा बस्न मिल्ने गरी मञ्च तयार गरिएको छ । सभा र जुलुस व्यवस्थित बनाउन सयौँ स्वयमसेवक परिचालन गरिएको छ ।

५ पुसमा संसद विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले यसअघि पुस १४ र माघ ९ मा पनि प्रदर्शन गरेको थियो ।

(तस्वीर विभिन्न सामाजिक संजालबाट साभार)

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...