संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा संघीय लिम्बुवान पार्टी नेपाल समाहित

,   लिम्बुवान न्युज
                       

फिदिम। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालमा संघीय लिम्बुवान पार्टी नेपाल समाहित भएको छ । १०+१ प्रान्त स्थापनाको लागि लडिरहेको एक मात्र संघीय पार्टीको रुपमा उभिएको मञ्चमा अरुणपूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य स्थापनाको माग राखि गतिबिधि गर्दै आएको सञ्जुहाङ् पालुङवाले नेतृत्व गरेको पार्टी समायोजन भएको हो ।

आज(बिहीबार) पहिलो चरणमा कुमार लिङदेन मिराकले नेतृत्व गरेको मञ्चमा समायोजन प्रक्रिया शुरु गरिएको मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले बताए ।

पाँचथरको फिदिममा आयोजित कार्यक्रममा बोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका उपाध्यक्ष तथा संगठनको तर्फबाट एकता तथा समायोजन बार्ता टोलीका संयोजक समेत रहेका गुरुङले लिम्बुवानजन्य संगठनहरु छिन्नभिन्न हुँदा आन्दोलन कमजोर हुँदै गएकाले एकता र समायोजनको प्रक्रिया सुरु गरिएको बताए । मञ्चमा एकीकरण वा समायोजन गर्नलाई दलहरुलाई बाटो खुल्ला गरिएको समेत बरिष्ठ उपाध्यक्षले उद्घोष गरे ।

त्यस्तै संघीय लिम्बुवान पार्टी नेपालका उपाध्यक्ष तथा उक्त संगठनको तर्फबाट बार्ता टोलीका संयोजक रामकुमार लिङदेनले पाँच पार्टी लिम्बुवानजन्य संगठनहरुबीच एकता भए पनि बिवादका कारण फुट हुँदा अन्ततः लिम्बुवान प्राप्तीको आन्दोलनलाई नै घाटा भएकाले अब एकिकृत शक्ति निर्माण गरेर लडनलाई एकीकृत भएको बताए ।

समायोजन प्रक्रियाको पहिलो चरण अन्तर्गत संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष रामकुमार लिङदेन, क्या.सुरेन्द्रप्रकाश जबेगु, केन्द्रीय सदस्यहरु सिंहराज नेम्बाङ, शशी जबेगु, सीता जबेगु, कर्ण काम्बाङ लगायत नेताहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालमा समाहित भएको मञ्चका महासचिव तथा वार्ता समिति सदस्य संगम खनालले बताए ।

मञ्चका उपमहासचिव तथा वार्ता समिति सदस्य दिल कुमार लावतीले समायोजन प्रक्रियाले लिम्बुवानमा थप राजनीति उर्जा मिलेको हुँदा अब थप उपरान्त नेताहरुलाई पनि चाडै समायोजन गरिने बताए ।

समायोजित सबै केन्द्रीय नेताहरुलाई महाधिवेशनसम्मका लागि साबिकको पद र जिम्मेवारी प्रदान दिने त्यसैगरी जिल्ला नगर, गाउँ र वडा समितिहरुको समायोजन प्रक्रिया पनि सोहि अनुरुप अगाडि बढाइने महासचिव खनाले बताए ।

फिदिममा भएको कार्यक्रममा केन्द्र तथा जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल, पाँचथरका अध्यक्ष सागर केरुङको अध्यक्षता र सचिव मधु केरुङकाे संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;