लिम्बुवान मिक्लाजुङ् अध्यक्षमा ओम बहादुर चेम्जोङ्

,   लिम्बुवान न्युज
                       

मिक्लाजुङ। संघीय लिम्बुवान मञ्च, नेपाल मोरङको मिक्लाजुङ् गाउँ अधिवेशन सम्पन्न भएको छ । मिक्लाजुङको धोबेनी बजारमा आयोजित अधिवेशनले ओम बहादुर चेम्जोङकाे अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ ।

आज आयोजित कार्यक्रमले समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण कुरुम्बाङ, उपाध्यक्ष सीता साम्बा, प्रसाद सिं फागो लिम्बु, राजभक्त सङमी लिम्बु, सचिवहरुमा सन कुमार सेन्चुरी, कमल प्रसाद परियार, सह–सचिव गंगा पारघारी, अर्थसचिव तारा फियाक तुम्सा, जगत बहादुर घिमीरे, बाबा तामाङ, सिव खड्का, प्रेम सम्बाहाम्फे, सुर्य तुम्सा, शंकर चेम्जोङ्, फूलमाया सिङ्जागो तुम्सा, प्रतिमा लिम्बु, रामकुमारी राई (लिम्बु), मन कुमार श्रेष्ठ, कविन विश्वकर्मा र सरिता लिम्बु निर्वाचित भएका छन् ।

कार्यक्रममा लिम्बुवानका सचिव राजु राई, सचिवालय सदस्य रामचन्द्र थापा मगर, हर्क लिङदेन, अर्जुन लिङ्देन, मोरङ जिल्ला अध्यक्ष दिलु लिङ्देन र लिम्बुवान भोलेन्टयर्स उप-कमाण्डर गणेश मिभकको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;