माङसेबुङका ५६ जना नेकपा ओली समूहमा प्रवेश

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। इलामको माङसेबुङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ५६ जना प्रवेश गरेका छन् । माङसेबुङ ३ को चतुरेमा गाउँपालिका स्तरिय कार्यकर्ता भेला कार्यक्रमको अवसरमा नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य, इलाम जिल्ला अध्यक्ष तथा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री राम रानाले आधिकारीक पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै रहेको भन्दै सबै नेता कार्यकर्ताहरुलाई विचलित नहुन अपिल गरेका थिए ।

भूमि सम्बन्धि समस्या समाधान गर्नका लागि आयोग गठन भइसकेको हुँदा अब आम नागरिकलाई धनीपुर्जा हातहातमानै दिइने भूमी समन्धी समस्या समाधान आयोगका इलाम जिल्ला अध्यक्ष ओमनारायण खनालले बताए ।

कार्यक्रममा इलाम जिल्ला समन्वय समितिका अध्यक्ष गणेश बराल, इलाम नगरपालिका प्रमुख महेश बस्नेत, पार्टी नेता दिपेन्द्र खनाल लगायतले पार्टी वर्तमान सन्दर्भको बारेमा बोलका थिए । उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा नेकपाका नेता जयप्रकाश राई र केहरसिंह योङहाङको उपस्थिति रहेको थियो ।

वर्तमान नेकपा भित्रको टुटफूट पश्चात माङसेबुङ गाउँपालिकामा पहिलो पटक भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै चाडै नै वृहत कार्यकर्ता भेला गरिने नेकपा माङसेबुङ अध्यक्ष हेमन्त माक्रिहाङ राईले बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;