
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
लिम्बुवानखबर। इलामको माङसेबुङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ५६ जना प्रवेश गरेका छन् । माङसेबुङ ३ को चतुरेमा गाउँपालिका स्तरिय कार्यकर्ता भेला कार्यक्रमको अवसरमा नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य, इलाम जिल्ला अध्यक्ष तथा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री राम रानाले आधिकारीक पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै रहेको भन्दै सबै नेता कार्यकर्ताहरुलाई विचलित नहुन अपिल गरेका थिए ।
भूमि सम्बन्धि समस्या समाधान गर्नका लागि आयोग गठन भइसकेको हुँदा अब आम नागरिकलाई धनीपुर्जा हातहातमानै दिइने भूमी समन्धी समस्या समाधान आयोगका इलाम जिल्ला अध्यक्ष ओमनारायण खनालले बताए ।
कार्यक्रममा इलाम जिल्ला समन्वय समितिका अध्यक्ष गणेश बराल, इलाम नगरपालिका प्रमुख महेश बस्नेत, पार्टी नेता दिपेन्द्र खनाल लगायतले पार्टी वर्तमान सन्दर्भको बारेमा बोलका थिए । उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा नेकपाका नेता जयप्रकाश राई र केहरसिंह योङहाङको उपस्थिति रहेको थियो ।
वर्तमान नेकपा भित्रको टुटफूट पश्चात माङसेबुङ गाउँपालिकामा पहिलो पटक भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै चाडै नै वृहत कार्यकर्ता भेला गरिने नेकपा माङसेबुङ अध्यक्ष हेमन्त माक्रिहाङ राईले बताए ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...