सागरको निर्देशनमा ‘आमाको माया’ छायाँकन

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। गीतकार आर बि योङ्हाङ्द्वारा लिखित ‘आमाको माया’ नामक गीतको छायाँकन सम्पन्न भएको छ । पान्थरको साधुटार, लब्रेकुटी, पौवा, राँके र इलामको आमचोक लगायत विभिन्न रमणिय स्थानमा छायाँकन गरिएको हो ।

उक्त गीतमा पिआर्यन लिम्बू, सुस्मिता आङ्खेवा लिम्बू, सरु लुङ्फुङ्वा, आयाम थेगिम लगायतले अभिनय गरेका छन् । राकेश ओलिको संगीत, कृष्णभक्त राईको स्वर, नरेश राईको छायाँकन, सन्दीप योङ्हाङको ब्यवस्थापन त्यसैगरी बिष्णु लिम्बू र चन्द्रबहादुर लिम्बूको निर्माण रहेको छ ।

पूर्वकै व्यस्त सागर केरुङ्द्वारा निर्देशन गरिएको उक्त गतिलाई सञ्जय आचार्यले सम्पादन गरेका छन् भने उक्त गीत केहिदिनमै मेरिकल अनलाइन टिभीबाट सार्वजनिक हुने ब्यवस्थापक योङहाङले बताए ।

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;