आज किरात गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं जन्मोत्सव

,   लिम्बुवान न्युज
                       

माङसेबुङ। रात धर्मावलम्बीहरुको आस्थाको केन्द्रमा इलामको माङसेबुङ्लाई आज बेहुली झैं सिंगारिएको छ । गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

हरेक बर्ष आजका दिन गुरुआमाको जन्मोत्सव मान्न किरात धर्मावलम्बीहरु माङसेबुङ् आउने गरेका छन् । धार्मिक पर्यटकीय स्थलको रुपमा समेत परिचित यस तिर्थस्थलमा हरेक वर्ष मनाइदैं आएकोमा यसबर्ष पनि भव्य आयोजना गर्न लागिएको शुभजन्मोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको मूल समारोह समितिले जनाएको छ ।

भव्य कार्यक्रम सम्पन्न गर्न विभिन्न कार्यक्रमहरु गरी फाल्गुन २, ३ र ४ गते मनाउँदै आईरहेको कार्यक्रमले किरातीहरु बिचको आपसरी सद्भाव र धार्मिक चेतना अभिवृद्धि गराउन पनि यो कार्यक्रमले मद्दत गरेको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;