फागुन १६ मा प्रधानमन्त्री गृहजिल्ला आउँदै

,   लिम्बुवान न्युज
                       

दमक। प्रधानमन्त्री केपी शर्मा ओली यहि फागनु १६ गते आफनो निर्वाचन क्षेत्रका विभिन्न विकासे कार्यक्रममा सहभागि हुन दमक आउने भएका छन् ।

झापा क्षेत्र न. ५ का बिभिन्न बिकास आयोजनाहरुको उद्घाटन तथा शिलान्यास गर्नका लागि उनी दमक आउन लागेका हुन् । एक बर्ष पछि प्रधानमन्त्री ओली दमक आउन लागेका हुन् । उनी अघिल्लो बर्ष फागुनमा दमक–रवि सडक शिलान्यास गर्न गृह क्षेत्र दमक आएका थिए ।

प्रधानमन्त्रीको सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार प्रधानमन्त्री ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम छ । मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्र्तगत पर्ने २५ वटा बढी पुलहरुको एकैपटक प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने तय भएको छ ।

यस्तै दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आम्बाडी जोड्ने मावा पुल, दमक १० बाट बालुुवथान जोड्ने रतुवा पुलमा निर्मित तीन वटा पुलको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

प्रधानमन्त्री ओलीले गौरादह, दमक र कमलमा २ हजार २ सय बिगाह क्षेत्रफलमा निर्माण हुने चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यस गर्ने छन् भने त्यसैदिन कमल ७ मा हुने कार्यक्रम पछि प्रधानमन्त्रीले त्यहाँ आयोजना गरिने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थापाले बताए । उनी सोहि दिननै काठमाण्डौ फर्कने तय भएको थापाले वताएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;