आज धुमधामसँग सरस्वतीको पूजा, बसन्त ऋतु प्रारम्भ

 लिम्बुवान न्युज
                       

दमक । आज माघ शुक्ल पञ्चमीका दिन मनाइने हिन्दु परम्परा अनुसार ‘श्रीपञ्चमी’ पर्व मानिन्छ । त्यसैगरी विशेष गरेर स्कुलहरुमा विद्याकी देवी सरस्वतीको पूजा गर्ने परम्परा रहेको छ । आजबाट सूर्य उत्तरतिर लागि दिन लामो भएको हुँदा वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।

आज विशेष गरी स्कुलका विद्यार्थीहरु उच्च शिक्षा प्राप्ति होस् भनेर सरस्वतीसँग प्रार्थना गर्ने प्रचलन बढी रहेको छ भने स्कुलले विद्याकी देवीको भव्य रुपले पुजा गर्ने चलन रहेको छ, विद्यार्थीहरुले कपी, कलम र किताव राखेर पुजा गर्ने प्रचलन रहेको छ । त्यसैगरी साहित्यकार, कलाकार, पत्रकार लगयात कलम चलाउनेहरुले पनि आ–आफ्नो तवर तरिकाले पुजा गर्ने चलन रहेको छ । सरस्वतीको पूजा गर्नाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वास रहेको छ ।

आजको दिन काठमाडौं उपत्यकाका साथै अन्य विभिन्न शक्तिपिठहरुमा सरस्वतीको पुजा अर्चना गर्ने परम्परा रहेको छ । जहाँ विशेष गरेर विद्यार्थी नानीहरुको घुईचो लाग्ने गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

आजैको दिन अभिभावकहरुले आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरिदिएर अक्षरआरम्भ गराउने त्यसैगरी नाक, कान छेडिदिने प्रचलन पनि रहेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...