कुमार लिङदेन मिराक झापाको गौरादह आउँदै, जनप्रदर्शनको सम्पूर्ण तयारी पुरा– प्रवक्ता राजु राई

 लिम्बुवान न्युज
                       

दमक। पहिचानवादी नेता कुमार लिङदेन मिराक झापाको गौरादहमा आउने भएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले फागुन ५ गते गर्न लागेको जनप्रदर्शनलाई सम्बोधन गर्न मञ्चका अध्यक्ष समेत रहेका लिङ्देन गौरादह आउने कार्यक्रमका संयोजक प्रवक्ता राईले जनाएका छन् ।

बुधबार हुने सो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको प्रवक्ता राईले जनाएका छन् ।

कार्यक्रममा झापाको सबै स्थानीय तहबाट ५० वटा बसद्वारा कार्यक्रममा कार्यकर्ताहरु उपस्थित हुने छन् भने इलामको दक्षिणी क्षेत्र र मोरङको पूर्व क्षेत्रबाट ५० बस गरी १ सय बसबाट उपस्थित हुने संयोजक राईले बताए ।

वर्तमान ओली सरकारको असंवैधानिक कदमको विरोध गर्दै आएको मञ्चले पूर्वमा विगत १५ बर्ष देखि निरन्तर पहिचानको आवाज उठाउँदै संविधान संसोधन गरेर लिम्बुवान सहितको १०+१ प्रान्त कायम गर्न माग उठाउँदै आईरहेको छ ।

आदिवासी जनजातिले पाएको अग्राधिकार आई एल ओ १६९ लाई कार्यन्वयन गर्न शसक्त आवाज उठाउँदै आईरहेको छ । राज्यले हस्तक्षेपकारी कार्य बन्न गर्न समेत भोलेन्टियर्सले खबरदारी गर्न प्रदर्शन गर्न लागेको प्रवक्ता राईले बताए ।

संघीय मञ्चले झापाको दमक र गौदाहद नगरपालिकाको संगम स्थलमा चीन सरकारको लागानीमा बन्ने क्लिन पार्क पिढीतहरुले उच्चित मु–आब्जा पाउने पर्ने भन्दै आवाज उठाईरहेको समेत जनाए । त्यसैगरी सो पार्कले चर्चेका जग्गाधनीहरुको परिवारलाई रोजगारीको ग्यारेन्टी पनि गर्नु पर्ने मञ्चले माग राखेको छ ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...