कुमार लिङदेन मिराक झापाको गौरादह आउँदै, जनप्रदर्शनको सम्पूर्ण तयारी पुरा– प्रवक्ता राजु राई

 लिम्बुवान न्युज
                       

दमक। पहिचानवादी नेता कुमार लिङदेन मिराक झापाको गौरादहमा आउने भएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले फागुन ५ गते गर्न लागेको जनप्रदर्शनलाई सम्बोधन गर्न मञ्चका अध्यक्ष समेत रहेका लिङ्देन गौरादह आउने कार्यक्रमका संयोजक प्रवक्ता राईले जनाएका छन् ।

बुधबार हुने सो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको प्रवक्ता राईले जनाएका छन् ।

कार्यक्रममा झापाको सबै स्थानीय तहबाट ५० वटा बसद्वारा कार्यक्रममा कार्यकर्ताहरु उपस्थित हुने छन् भने इलामको दक्षिणी क्षेत्र र मोरङको पूर्व क्षेत्रबाट ५० बस गरी १ सय बसबाट उपस्थित हुने संयोजक राईले बताए ।

वर्तमान ओली सरकारको असंवैधानिक कदमको विरोध गर्दै आएको मञ्चले पूर्वमा विगत १५ बर्ष देखि निरन्तर पहिचानको आवाज उठाउँदै संविधान संसोधन गरेर लिम्बुवान सहितको १०+१ प्रान्त कायम गर्न माग उठाउँदै आईरहेको छ ।

आदिवासी जनजातिले पाएको अग्राधिकार आई एल ओ १६९ लाई कार्यन्वयन गर्न शसक्त आवाज उठाउँदै आईरहेको छ । राज्यले हस्तक्षेपकारी कार्य बन्न गर्न समेत भोलेन्टियर्सले खबरदारी गर्न प्रदर्शन गर्न लागेको प्रवक्ता राईले बताए ।

संघीय मञ्चले झापाको दमक र गौदाहद नगरपालिकाको संगम स्थलमा चीन सरकारको लागानीमा बन्ने क्लिन पार्क पिढीतहरुले उच्चित मु–आब्जा पाउने पर्ने भन्दै आवाज उठाईरहेको समेत जनाए । त्यसैगरी सो पार्कले चर्चेका जग्गाधनीहरुको परिवारलाई रोजगारीको ग्यारेन्टी पनि गर्नु पर्ने मञ्चले माग राखेको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...