झापाका पत्रकार दवाडी पत्नी शोकमा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। शिवसताक्षी निवासी पत्रकार सताक्षी प्रेस क्लबका निवर्तमान अध्यक्ष छबिलाल दवाडी पत्नी शोकमा परेका छन् ।
शिवसताक्षी ११ दुधे निवासी पत्रकार दवाडीकी ५९ बर्षिया धर्मपत्नी अनिता दवाडीको आज मंगलबार दिउँसो साढे ३ बजे अचानक निधन भएको हो ।

घरायसी कामकै सिलसिलामा एक्कासी बेहोस भएर लडेकी दवाडी पत्नीलाई तत्काल उपचारका लागि विर्ता सिटी अस्पताल विर्तामोड पुरयाइएको थियो । उनलाई तत्कालै चिकित्सकहरुले मृत घोषणा गरेका छन ।

स्वर्गीय दवाडीको भोलि बुधबार बिहान ९ बजे कन्काई नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । पत्रकार दवाडी झिलभिलेबाट प्रकाशित हुने सताक्षी खबर साप्ताहिकका सह–सम्पादक हुन् । पत्रकार दवाडीका एक मात्र छोरा राम दवाडी र बुहारी शोभा छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;