दमकको आठौं नगरसभा शुभारम्भ, पत्रकार पोख्रेल सहित पाँच सम्मानित

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमक नगरपालिकाको ८औं नगर सभा (हिउँदे सभा) आज शुरु भएको छ । नगर प्रमुख रोमनाथ ओलीले आर्थिक बर्ष २०७७र०७८ का अहिले सम्मका विकास निर्माण गतिबिधि तथा कार्य प्रगतिको समिक्षासहित निर्धारित योजना तथा कार्यक्रमहरुको संशोधनका लागि नगर सभा बोलाइएको जानकारी गराए ।

सभाको शुरुमा नगर उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गीता अधिकारीले विनियोजन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरेकी छन् । त्यसैगरी सभामा बजार अनुमगन तथा व्यवस्थापन समिति संयोजक भिमप्रसाद पौडेलले बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७ र बोधराज न्यौपानेले सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक पेश गरेका छन् । प्रस्तुत बिधेयकहरुमाथि लिखित रुपमा राय पेश गर्न १२ फागुन सम्मको म्याद दिइएको छ ।

नगर सभामा सहभागीहरुले नगरपालिकाका कतिपय कर्मचारीहरुले तोकिएको सेवा सुविधाबाहेक अतिरिक्त पैसा र खाजा पानीमा मात्रै काम गर्ने गरेको भन्दै त्यस्ता कर्मचारीमाथि निलम्बनसम्मको कारवाही गर्नुपर्ने आवाज उठाए । कतिपय सहभागीहरुले नगरपालिकामा राजश्व उठाउने प्रकृया त्रुटीपूर्ण भएको, नदी उत्खनन् बापतको कर असुलीमा पारदर्शी नभएको, प्रदेश र संघीय सरकारको बजेटबाट सञ्चालित योजनाहरुमा पर्याप्त निगरानी नहुँदा बेथिती बढेको, कालोपत्रे सडक बनाई नसक्दै भत्किइरहेको, कोरोना रोकथाम तथा नियन्त्रणमा भएको आम्दानी खर्चको विवरण सार्वजनिक नगरिएको जस्ता आरोप लगाए । यस अघिका नगरसभाहरुमा सदस्यहरु प्राय मौन रहने गरेकामा यस पटकको नगर सभामा धेरै जसो सहभागीहरुले मुख खोलेका छन् ।

नगर सभाको शुरुमा नै सुकदेव लुइँटेल, नरेश सुनुवार, लक्ष्मी दाहाल, भीमराज चौंलागाइँ, सिताराम पोखरेल लगायतले आफ्ना सुझावसहित गुनासाहरु राखेका छन ।

पत्रकार पोखरेलसहित पाँच जनालाई २१ हजारसहित सम्मान

यसैबीच दमक नगरपालिकाले नगर विकासमा योगदान पुरयाएको भन्दै पत्रकार विष्णु पोखरेलसहित उत्कृष्ट करदाता, स्वास्थ्य स्वंयसेविका लगायत पाँच जनालाई सम्मान गरेको छ । नगर सभामा सम्मानित हुनेहरुमा उत्कृष्ट करदाताहरु पर्शुराम गिरी, मञ्जु श्रेष्ठ, उत्कृष्ट निर्माण व्यवसायी प्रकाश केसी, स्वास्थ्य स्वयंसेविका हेलेना टोपो रहेका छन । उनीहरुलाई जनही नगद २१ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, नगर प्रमुख ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

(तस्वीरः विष्णु पाैडेल)

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;