राप्रपाको मोटरसाइकल र्याली सहितको सभा

 लिम्बुवान न्युज
                       

दमक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाको क्षेत्र नं ५ मा मोटरसाइक र्याली सहित सभा गरेको छ । दमकको क्याम्पसमोडबाट मोटरसाइकल रयालीसहित गौरीगञ्ज पुगेका पार्टी कार्यकर्ता तथा शुभेच्छुक स्थानीयहरु सहभागी भएको सभालाई पार्टीका केन्द्रिय अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री कमल थापाले सम्बोधन गर्दै मुलुक निर्वाचन उन्मुख भएको बताए ।

पार्टीको झापा क्षेत्र नं. ५ समितिद्वारा आयोजित सभामा पार्टी अध्यक्ष थापाले केही दिनमै अदालतले चुनावको पक्षमा फैसला गर्ने बताउदै पार्टी नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका थिए ।

नेपाली जनताले तिरेको कर र विदेशीको ऋण लिएर संघियताको बोझलाई नेपाली जनताले धन्न नसकिने बताउँदै अध्यक्ष थापाले संवैधानिक राजासहित हिन्दुराष्ट्रको विकल्प नरहेको बताए ।

सभामा उनले भने – ‘हामीले राजा आउ देश बचाउ अब भन्ने होइन, हामीले जनता आउ राजा ल्याउ, जनता आउ हिन्दु राष्ट्र ल्याउ भन्ने हो, राजाले मात्र देश बचाउने होइन अब राजा र जनता मिलेर देश बचाउने हो ।’ २००७ सालमा राजा र जनता मिलेर प्रजातन्त्र ल्याएको स्मरण गराउँदै पार्टी अध्यक्ष थापाले राजा र जनताको साझा प्रयासबाट देश बचाउने र बनाउने काम गर्नुे पर्ने बताए ।

राजालाई वनवास पठाउनु भो, हिन्दुराष्ट्रलाई खारेज गरियो त्यसबाट पाठ सिकेर अव नेपाली परिवेशमा सबैले अटाउने मौलिक प्रजातन्त्र विकास गर्न सबै राजनीतिक दलहरुलाई हातेमालो गर्न उनले आग्रह गरे ।

राजसंस्था र हिन्दुराष्ट्रलाई समाप्त पार्दा प्रजातन्त्रको लागि कहिल्यै लडनु नपर्ने बताएका प्रचण्डलगायतका नेताहरु अहिले सडकमा रहेको देख्दा कति दयनिय र निरिह रहेको अध्यक्ष थापाले टिप्पणी गरेका थिए । नेकपा भित्रको झगडाका कारण प्रतिनिधि सभाको विघटन गर्न नहुने बताउदै अध्यक्ष थापाले गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको आलोचना गरे ।

पार्टीका झापा क्षेत्र नं. ५ का क्षेत्रिय अध्यक्ष विजय बरालको अध्यक्षतामा भएको मोटरसाइकल र्यालीको सभामा विघटित प्रतिनिधि सभा सदस्य एवं पार्टी महामन्त्री राजेन्द्र लिङदेन, पार्टीका केन्द्रिय सदस्य टेकनारायण राजवंशी, प्रदेश नं. १ का संयोजक राम थापा, झापा जिल्ला अध्यक्ष अमर विष्ट लगायतले सम्बोधन गर्दै अबको निर्वाचनमा राप्रपालाई कसैले रोक्न नसक्ने दाबी गरे । पार्टी जिल्ला सदस्य समेत रहेका गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले स्वागत गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता राप्रपा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...