राप्रपाको मोटरसाइकल र्याली सहितको सभा

 लिम्बुवान न्युज
                       

दमक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाको क्षेत्र नं ५ मा मोटरसाइक र्याली सहित सभा गरेको छ । दमकको क्याम्पसमोडबाट मोटरसाइकल रयालीसहित गौरीगञ्ज पुगेका पार्टी कार्यकर्ता तथा शुभेच्छुक स्थानीयहरु सहभागी भएको सभालाई पार्टीका केन्द्रिय अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री कमल थापाले सम्बोधन गर्दै मुलुक निर्वाचन उन्मुख भएको बताए ।

पार्टीको झापा क्षेत्र नं. ५ समितिद्वारा आयोजित सभामा पार्टी अध्यक्ष थापाले केही दिनमै अदालतले चुनावको पक्षमा फैसला गर्ने बताउदै पार्टी नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका थिए ।

नेपाली जनताले तिरेको कर र विदेशीको ऋण लिएर संघियताको बोझलाई नेपाली जनताले धन्न नसकिने बताउँदै अध्यक्ष थापाले संवैधानिक राजासहित हिन्दुराष्ट्रको विकल्प नरहेको बताए ।

सभामा उनले भने – ‘हामीले राजा आउ देश बचाउ अब भन्ने होइन, हामीले जनता आउ राजा ल्याउ, जनता आउ हिन्दु राष्ट्र ल्याउ भन्ने हो, राजाले मात्र देश बचाउने होइन अब राजा र जनता मिलेर देश बचाउने हो ।’ २००७ सालमा राजा र जनता मिलेर प्रजातन्त्र ल्याएको स्मरण गराउँदै पार्टी अध्यक्ष थापाले राजा र जनताको साझा प्रयासबाट देश बचाउने र बनाउने काम गर्नुे पर्ने बताए ।

राजालाई वनवास पठाउनु भो, हिन्दुराष्ट्रलाई खारेज गरियो त्यसबाट पाठ सिकेर अव नेपाली परिवेशमा सबैले अटाउने मौलिक प्रजातन्त्र विकास गर्न सबै राजनीतिक दलहरुलाई हातेमालो गर्न उनले आग्रह गरे ।

राजसंस्था र हिन्दुराष्ट्रलाई समाप्त पार्दा प्रजातन्त्रको लागि कहिल्यै लडनु नपर्ने बताएका प्रचण्डलगायतका नेताहरु अहिले सडकमा रहेको देख्दा कति दयनिय र निरिह रहेको अध्यक्ष थापाले टिप्पणी गरेका थिए । नेकपा भित्रको झगडाका कारण प्रतिनिधि सभाको विघटन गर्न नहुने बताउदै अध्यक्ष थापाले गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको आलोचना गरे ।

पार्टीका झापा क्षेत्र नं. ५ का क्षेत्रिय अध्यक्ष विजय बरालको अध्यक्षतामा भएको मोटरसाइकल र्यालीको सभामा विघटित प्रतिनिधि सभा सदस्य एवं पार्टी महामन्त्री राजेन्द्र लिङदेन, पार्टीका केन्द्रिय सदस्य टेकनारायण राजवंशी, प्रदेश नं. १ का संयोजक राम थापा, झापा जिल्ला अध्यक्ष अमर विष्ट लगायतले सम्बोधन गर्दै अबको निर्वाचनमा राप्रपालाई कसैले रोक्न नसक्ने दाबी गरे । पार्टी जिल्ला सदस्य समेत रहेका गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले स्वागत गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता राप्रपा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

;