फाकफोकथुम लिम्बुवानमा दिपेन्द्र थेगीम

,   लिम्बुवान न्युज
                       

दमक। इलामको फाकफोकथुममा संघीय लिम्बुवान मञ्च समिति गठन भएको छ । आज आमचोक बजारको पासाङ लमू सभाहलमा भएको कार्यक्रमले दिपेन्द्र थेगीमको अध्यक्षतमा समिति गठन भएको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका प्रान्तीय महासचिव शान्ता योङहाङको प्रमुख आतिथ्यता र उपमहासचिव दिल कुमार लावतीको विशेष आतिथ्यतामा भएको कार्यक्रमले उपाध्यक्षमा विरेन थेवे, सचिवमा डिल्ली विक्रम लिम्बु, सह–सचिव रनवीर योङहाङ, अर्थसचिव पवित्रा सुब्बा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गोपी थेगीम, मित्रलाल थेगीम, मन प्रसाद योङहाङ, भिम बहादुर देवान, टिका राम समाल र उकेन्द्र लिम्बु रहेका छन् ।

कार्यक्रममा लिम्बुवानका सचिवालय सदस्य हेम जवेगु, केन्द्रीय सदस्य गोविन्द योङहाङले शुभकामना मन्तव्य राखेका थिए भने जिल्ला अध्यक्ष दिपक योङहाङले कार्यक्रमलाई सहजीकरण गरेका थिए । भेलामा फाकफोकका सबै वार्डहरुबाट प्रतिनिधिमुलक नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;