योगेश भट्टराई बने प्रेस संगठन इन्चार्ज

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ ।
यतिबेला आधिकारिक पार्टी विभाजन नभएतापनि पार्टी विभाजन भएको झल्को दिने गरि पार्टीका जनवर्गीय संगठनहरुमा पनि विभाजनको झल्को दिने गरी नेकपामा फूट हुँदै गएको छ ।

त्यस्तै संगठनको सह–इन्चार्जमा विष्णु रिजाल थपिएका छन् । यसअघि उनी विदेश विभाग उप–प्रमुख थिए । महेश्वर दाहाल र ओम शर्मासह–इन्चार्ज यथावत छन् ।

यो समूहले प्रेस संगठनको पदाधिकारी समेत टुङ्गो लगाएको छ । तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टर एकतापछि प्रेस संगठनका सहसंयोजक रहेका गणेश बस्नेत ओली समूहमा लागेपछि रिक्त स्थानसहित थप पदाधिकारी समेत थप गरिएको छ ।

महेश्वर दाहाल संयोजक, सह–संयोजकहरुमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल साथै महासचिवमा राजेश राई चयन भएका छन् ।

साथै १९ सदस्यीय केन्द्रीय कार्यालय पनि बनाइएको संयोजक दाहालले बताएका छन् । उनका अनुसारा केन्द्रीय कार्यालय प्रचण्ड र माधव नेपालका तर्फबाट ५०/५० प्रतिशतको अनुपातमा बनाइएको छ ।

केन्द्रीय कार्यालयमा पूर्व चौतारीबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई छन् । पूर्व प्रेस सेन्टरबाट मनोज घर्तिमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;