जसपाको देशव्यापी विरोध प्रदर्शन

 लिम्बुवान न्युज
                       

झापा । प्रधानमन्त्रीको असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटनलाई पुर्नस्थापनाको माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी प्रदर्शन गरेको छ । आज जसपाले देशको सबै स्थानीय तहहरु महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन तथा विरोधसभा गरेको हो ।

देशको मुख्य शहर काठमाडौं, ललितपुर, विराटनगर, विरगञ्ज, पोखरा, धरान, जनकपुर लगायत स्थानहरुमा प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरूले ‘असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम खारेज गर’, ‘प्रतिनिधिसभा पुनस्र्थापना गर’ जस्ता नाराहरु लगाएका थिए ।

जनताले जनआन्दोलनको बलमा स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको भन्दै जसपा प्रतिगमनको विरुद्ध निरन्तर सडक आन्दोलनमा उभिएको छ । यसैगरी झापाका सबै स्थानीय तहमा विराेध प्रर्दशन गरिएकाे स्राेतले जनाएकाे छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...