जसपाको देशव्यापी विरोध प्रदर्शन

,   लिम्बुवान न्युज
                       

झापा । प्रधानमन्त्रीको असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटनलाई पुर्नस्थापनाको माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी प्रदर्शन गरेको छ । आज जसपाले देशको सबै स्थानीय तहहरु महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन तथा विरोधसभा गरेको हो ।

देशको मुख्य शहर काठमाडौं, ललितपुर, विराटनगर, विरगञ्ज, पोखरा, धरान, जनकपुर लगायत स्थानहरुमा प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरूले ‘असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम खारेज गर’, ‘प्रतिनिधिसभा पुनस्र्थापना गर’ जस्ता नाराहरु लगाएका थिए ।

जनताले जनआन्दोलनको बलमा स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको भन्दै जसपा प्रतिगमनको विरुद्ध निरन्तर सडक आन्दोलनमा उभिएको छ । यसैगरी झापाका सबै स्थानीय तहमा विराेध प्रर्दशन गरिएकाे स्राेतले जनाएकाे छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;