मातृभाषा वचाउन फेरि नाङ्गिए बिकेन लिम्बू

 लिम्बुवान न्युज
                       

काठमाडौं। मातृभाषा संरक्षण र सम्बद्र्धनको लागि विकेन लिम्बू पुनः नांगिएका छन् ।

आइतबार लिम्बूले विश्व मातृभाषा दिवसको अवसरमा नेपालमा रहेका सम्पूर्ण मातृभाषाहरुको संरक्षण र सम्बद्र्धनको माग गर्दै मुलुकको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार अगाडि नाङ्गै प्रर्दशनमा निस्किएका थिए । उनलाई प्रदर्शनको केही समयमा नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हातमा “म मेरो मातृभाषाको संरक्षण गर्न चाहान्छु” भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका लिम्बुले छातीमा आफ्नो मातृभाषाको प्लेकार्ड बाँधेका थिए । उनले संस्कृत भाषालाई जस्तै अन्य जातजातिका मातृभाषालाई पनि राज्यले संरक्षण गर्नुपर्ने आफ्नो मुख्य माग रहेको साथै मातृभाषा प्रति अनुदार रहेकोमा विरोध गरेको बताए ।

यसअघि लिम्बुले सिंहदरबार अगाडि नांगै प्रर्दशन गरेका थिए ।

सम्बन्धित समाचार

जारी-२ काे छायाँकन पान्थरमा शुरू

झापा, दमक, ३० वैशाख ।  बहुप्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पान्थरबाट सुरु भएको छ । बुद्ध जयन्ती चण्डीपूर्णिमा (उभाेली)को अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको हाे । चलचित्रकाे छायांकन शुरू भएकाे चलचित्रका...

किरातीहरुले उभौली पर्व हर्षाेल्लासका साथ मनाए

ललितपुर, २९ वैशाख । किरात राई समुदायले आज सांस्कृतिक पर्व उभौली मनाएका छन् । अन्न उब्जनी हुने प्रकृति भूमिको पूजाआजा गरी किरात समुदायले उभौली पर्व मनाएका हुन् । पूर्व प्रदेश १ को सबै जिल्लामा बसोबास...

२५६९औं बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइदै

काठमाडाैं, २९ वैशाख । आज सोमबार २५६९औं बुद्ध जयन्ती मनाइँदै छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध...

इन्द्र लुम्फुङ्वाको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा मलेसिया प्रवास समिती गठन

मे ११,२०२५, क्वालालम्पुर, मलेशिया । मलेशियामा संयुक्त पहिचानवादी मोर्चा प्रवास समिति गठन भएको छ । मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख उपस्थितिमा क्वालालम्पुरस्थित इन्द्र लुम्फुङवाज्युको संयोजकत्वमा ३७ सदस्यीय मोर्चा प्रवास समिती मलेसिया गठन गरिएको हो...