दुई संगठनद्वारा पत्रकार मञ्च दमकको साधारण सभा बहिष्कार

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। झापाको माइ पश्चिममा सक्रिय पत्रकारहरुको छाता संगठनको रुपमा स्थापित पत्रकार मञ्च दमकको दुई पत्रकार जन्य संगठनहरुले बहिस्कार गरेको छ । आज आयोजना गरेको भनिएको साधारणसभालाई नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले बहिष्कार गरेको हो ।

ती दुवै संगठनले आज संयुक्त विज्ञप्ति निकालेर मञ्च विधि र प्रकृयाबाट नचलेको भन्दै साधारणसभा बहिष्कार गरेको उल्लेख गरेका हुन् । विज्ञप्तिमा मञ्चको कार्यकाल दुई वर्ष भएपनि अधिबेशन गर्न नचाहेको, साधारणसभामा पत्रकार महासंघसहित अन्य पत्रकारजन्य संघसंगठनहरुलाई वेवास्ता गरेकाले नैतिक रुपले साधारणसभा बस्न उपयुक्त नभएको उल्लेख गरिएको छ ।

संस्थाका कतिपय संस्थापक र कतिपय पूर्व अध्यक्षहरु र अधिक सदस्यहरुलाई सहभागी नगराई मञ्चले साधारण सभाका नाममा गुटगत भेला मात्रै गरेको ति संगठनका नेताहरुको बुझाई छ ।

विज्ञप्तिमा युनियनका माइपश्चिम अध्यक्ष विष्णु सुब्बा र प्रेस संगठनका तर्फवाट अनिलदेव राईको हस्ताक्षार छ । ती दुवै संगठनले मञ्चलाई विधान अनुसार सञ्चालन गर्नका लागि अविलम्ब अधिबेशनको मिति तय गर्न माग गरिएको जनाईएको छ । साथै अन्य पत्रकार जन्य संगठन तथा स्वतन्त्र पत्रकारहरुले समेत मञ्च विधि र प्रक्रियामा नगई अगाडि बढेकोमा असहमति जनाएका छन् ।

पत्रकार मञ्चको साधारणसभा सम्पन्न

नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालका पत्रकारहरुको वहिष्कारका बीच पत्रकार मञ्च दमकले एघारौँ साधारण सभा गरेको छ । राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएको साधारणसभा गरि सम्पन्न गरिएको छ ।

मञ्चका अध्यक्ष मनकुमार गदालले संस्थाको प्रतिवेदन र कार्यवहाक कोषाध्यक्ष धनबहादुर थेवेले आर्थिक प्रतिवेदन पेस गरेका थिए । त्यस अवसरमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले पत्रकार मञ्चको अक्षय कोषका लागि ५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरे । त्यस्तै, सांसद दाहालले मञ्चको अक्षय कोषमा ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

कार्यक्रममा फोनिजका केन्द्रीय सचिव कमन देवान, उद्योग वाणिज्य महासंघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ, प्रेस संगठन झापा संयोजक टिकाराम उप्रेती, पत्रकार गञ्ज बहादुर दहाल लगायतले मन्तव्य राखेका थिए । मन कुमार गदालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव देशराज नेम्बाङ्ले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;