दुई संगठनद्वारा पत्रकार मञ्च दमकको साधारण सभा बहिष्कार

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। झापाको माइ पश्चिममा सक्रिय पत्रकारहरुको छाता संगठनको रुपमा स्थापित पत्रकार मञ्च दमकको दुई पत्रकार जन्य संगठनहरुले बहिस्कार गरेको छ । आज आयोजना गरेको भनिएको साधारणसभालाई नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले बहिष्कार गरेको हो ।

ती दुवै संगठनले आज संयुक्त विज्ञप्ति निकालेर मञ्च विधि र प्रकृयाबाट नचलेको भन्दै साधारणसभा बहिष्कार गरेको उल्लेख गरेका हुन् । विज्ञप्तिमा मञ्चको कार्यकाल दुई वर्ष भएपनि अधिबेशन गर्न नचाहेको, साधारणसभामा पत्रकार महासंघसहित अन्य पत्रकारजन्य संघसंगठनहरुलाई वेवास्ता गरेकाले नैतिक रुपले साधारणसभा बस्न उपयुक्त नभएको उल्लेख गरिएको छ ।

संस्थाका कतिपय संस्थापक र कतिपय पूर्व अध्यक्षहरु र अधिक सदस्यहरुलाई सहभागी नगराई मञ्चले साधारण सभाका नाममा गुटगत भेला मात्रै गरेको ति संगठनका नेताहरुको बुझाई छ ।

विज्ञप्तिमा युनियनका माइपश्चिम अध्यक्ष विष्णु सुब्बा र प्रेस संगठनका तर्फवाट अनिलदेव राईको हस्ताक्षार छ । ती दुवै संगठनले मञ्चलाई विधान अनुसार सञ्चालन गर्नका लागि अविलम्ब अधिबेशनको मिति तय गर्न माग गरिएको जनाईएको छ । साथै अन्य पत्रकार जन्य संगठन तथा स्वतन्त्र पत्रकारहरुले समेत मञ्च विधि र प्रक्रियामा नगई अगाडि बढेकोमा असहमति जनाएका छन् ।

पत्रकार मञ्चको साधारणसभा सम्पन्न

नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालका पत्रकारहरुको वहिष्कारका बीच पत्रकार मञ्च दमकले एघारौँ साधारण सभा गरेको छ । राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएको साधारणसभा गरि सम्पन्न गरिएको छ ।

मञ्चका अध्यक्ष मनकुमार गदालले संस्थाको प्रतिवेदन र कार्यवहाक कोषाध्यक्ष धनबहादुर थेवेले आर्थिक प्रतिवेदन पेस गरेका थिए । त्यस अवसरमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले पत्रकार मञ्चको अक्षय कोषका लागि ५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरे । त्यस्तै, सांसद दाहालले मञ्चको अक्षय कोषमा ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

कार्यक्रममा फोनिजका केन्द्रीय सचिव कमन देवान, उद्योग वाणिज्य महासंघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ, प्रेस संगठन झापा संयोजक टिकाराम उप्रेती, पत्रकार गञ्ज बहादुर दहाल लगायतले मन्तव्य राखेका थिए । मन कुमार गदालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव देशराज नेम्बाङ्ले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;