नेपाली कांग्रेस र हिन्दु एजेण्डा

 लिम्बुवान न्युज
                       

लोकतन्त्रको हिमायती नेपाली कांग्रेसभित्र अहिले हिन्दु सापेक्षता र सर्बोच्चताको बिषय प्रवेश गराउने धन्दुकारीहरुले लोकतन्त्रको परिभाषा नै नबुझिकन हिन्दु राष्ट्र भनी कराएका हुन् कि बुझेरै यस्तो दक्षिणपन्थी धारणा ल्याएका हुन् ? बुझिनसक्नु छ । के गर्न खोज्या हुन् र लोकतन्त्रको परिभाषालाई कसरी अर्थ्याउन खोज्या हुन् अन्दाज लाइनसक्नु छ ।

  • मोति चाम्लिङ्

अध्यक्ष, विपि अध्ययन प्रतिष्ठान, हङकङ

नेपाली कांग्रेसको नेतृत्वमा संवैधानिक लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यसो किन हो भने गणतन्त्रसम्मको गन्तब्यलाई सार्थकता दिनुहुने गिरिजाबाबु नेपाली कांग्रेसका तत्कालिन सभापति हुन् । गणतन्त्रसम्मको यात्रा तय गरिंदा यसलाई संस्थागत गराउने संविधान निर्माण गरि संसदमा पेस गर्न दुई वटा संविधान सभाका लागि अकूत सम्पत्ति खर्च देशले गर्नु पर्योे । त्यो व्यवहार कति भयो त्यो नेपालकै अर्थविदहरुलाई राम्रैसंग थाहा होला । बल्ल तल्ल संविधान त लेखियो तर घोषणा गर्न पनि ठूलै सकस पर्यो । घोषणा गर्न पनि कांग्रेसकै तत्कालिन सभापति सुशिलदाको अग्रसरतालाई कसैले भुल्न सक्तैन । संविधान त बन्यो, घोषणा त भयो तर कार्यन्वयनहेतु दोश्रो संविधान सभालाई बिघठन गरि नयाँ जनादेशका निम्ति चुनाव गर्नै पर्ने भो र नेपाली कांग्रेसकै नेतृत्वमा ताजा जनादेश दिन ऐतिहासिक संघीय संसद र प्रादेशिक संसद्को निर्वाचन शेर बहादुर देउवाले सम्पन्न गराए । गणतन्त्रसम्मको यात्रामा इतिहासमा अंकित महत्वपूर्ण अभियानका नायकहरु नेपाली कांग्रेसकै सभापतिहरुको नाम संयोग र परिस्थितिले स्थापित भएको छ । सरसरति हेर्दा नेपाली कांग्रेसको इतिहास खोट्पूर्ण भएतापनी हरेक लोकतान्त्रिक आन्दोलनको निष्कर्श मोडमा देश र जनताका निम्ति महत्वपूर्ण भुमिका निर्वाह गरेको राजनिती दल हो ।


अहिलेको प्रचलित संविधानको बिशेषता गन्दै जांदा बुँदागत रुपमा निकैवटा हुन सक्छन्, जस्तो कि परम्परागत राजपरम्पराको आडमा राजाबाट भैरहेका पटके धोका र हस्तक्षेपको अन्त्य । धार्मिक एकाधिकारको अन्त्य । सबै जनताले सबै खाले धर्मको बराबरी उपभोग गर्न पाउने स्वतन्त्रता । २०४६ सम्म सबै नेपालीले बिवश भएर सरकारी कामकाजी परिपत्रमा या धर्मको महलमा हिन्दु लेख्नै पर्ने बाध्यताले आजित बनेकाहरु धर्मनिरपेक्षताका असिम प्यासी थिए । जब संविधानमा धर्मनिरपेक्ष लेखिसकेपछी ती बन्दी मानसिकताहरुले उन्मुक्ती प्राप्त गरेको महसुस गरेका छन् । अनेकौं बिबिधतामा उनिएको नेपाल धार्मिक बिबिधतामा पनि उनिएकै हो । जुन देशमा जनताहरु बिबिध धर्म मान्छन् त्यो देशमा कुनै एक धर्म मात्रको उल्लेख गरेर अक्षरस हिन्दु राष्ट्र नेपाल भनिकन संविधानमा सर्बोच्चता कायम गर्नु लोकतान्त्रिक पद्वती हुनै सक्तैन । लोकतन्त्र भन्नाले त मुलुकका सर्वांगिण क्षेत्रमा स्वतन्त्रताको ग्यारेण्टि गर्नु हो । निर्मित संविधानमा, लिखित संविधानमा ती स्वतन्त्रताका स्पष्ट लेखन र व्याख्या हुन पनि जरुरी हुन्छ । लोकतन्त्र रहर पनि होइन बाध्यता पनि होइन । लोकतन्त्र सामाजिक ब्यवस्था बिकास चरमोत्कर्षको अनिवार्य आवश्यकता हो । लोकतन्त्रको परिभाषामा धार्मिक स्वतन्त्रता अपरिहार्य शर्त हो । धार्मिक स्वतन्त्रताको अकाट्य शर्त चाहिँ फेरि धर्म निरपेक्षता हो । कुनै पनि समाज या राज्यमा जब धार्मिक अंकुश लगाउने कुचेष्टा गरिन्छ त्यहाँ निभाउनै नसकिने सामाजिक बिद्रोहको बिध्वंशकारी आगो सल्किन्छ । यस्तो बिकराल परिस्थिती निम्त्याउने संभावनाको अन्त्य गर्नकै लागि पनि नेपालमा धर्मनिरपेक्षताको खाँचो थियो र त्यो पूरा भएको छ । अबका उप्रान्त नेपालमा राजतन्त्र फर्किएपनी धर्म सापेक्षता कायम हुन सक्तैन । शासक जोसुकै आउन सक्लान तर धार्मिक आस्थामा लगाम कस्न असम्भव छ ।

लोकतन्त्रको हिमायती नेपाली कांग्रेसभित्र अहिले हिन्दु सापेक्षता र सर्बोच्चताको बिषय प्रवेश गराउने धन्दुकारीहरुले लोकतन्त्रको परिभाषा नै नबुझिकन हिन्दु राष्ट्र भनी कराएका हुन् कि बुझेरै यस्तो दक्षिणपन्थी धारणा ल्याएका हुन् ? बुझिनसक्नु छ । के गर्न खोज्या हुन् र लोकतन्त्रको परिभाषालाई कसरी अर्थ्याउन खोज्या हुन् अन्दाज लाइनसक्नु छ ।

नेपाली कांग्रेसले हिन्दु राष्ट्रको एजेण्डा पारित गरि आफ्नो लक्ष्याभिमुख यात्राको शुरुवात गर्यो भने गम्भिर त्रुटि हुनेछ र व्यापक ध्रुबिकरणको कारण बन्नेछ । पूर्व राजावादि मण्डली र राप्रपा सहितको हिन्दुवादी कांग्रेसीहरुको एउटा शक्ति कायम हुनेछ । त्यसभित्र अट्न नसकेका या धार्मिक स्वतन्त्रताका पक्षधर धर्मनिरपेक्षवादिहरुले सैद्वान्तिक सम्झौता गरि नेकपामा आवद्द हुन बाध्य हुनेछन् । यो ध्रुविकरण चाहनाको नभएर बिवशताको हुनेछ । यदि नेपाली कांग्रेसका बहुमत नेतृत्व पक्षले यस्तै चाहना राखेका हुन भने पनि हिन्दु राष्ट्रको एजेण्डा पास गरे हुन्छ । सकेसम्म शिघ्रातिशिघ्र ध्रुबिकरण भैदिए मुलुकको राजनीतिले तिब्र मोड लिएर सबै कार्यकर्ताले अन्यौलको दासताबाट मुक्ति पाउनेछन् । एक किसिमले यो सर्वहितैषु पनि हुन सक्छ । जय नेपाल !

सम्बन्धित समाचार

झापामा पहिचानको लागि युवा गठनः सामी पालुङवाको संयोजकत्वमा १५०१ युवा घोषणा

दमक, ३० भदौं । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले पहिचानको आन्दोलन सशक्त बनाउन झापामा “पहिचानको लागि युवा” दस्ता घोषणा गरेको छ । शनिबार बिर्तामोडस्थित सिटि सेन्टरको सभाहलमा झापा जिल्लाका पहिचानवादी युवाहरुको...

समाजवादी मोर्चालाई प्रदेशको नाम कोशी लेख्न सकस

विराटनगर, २५ भदौ । सोमबार विराटनगरमा प्रदेश स्तरीय सभा आयोजना गर्दा समाजवादी मोर्चाले ब्यानरमा प्रदेशको नाम लेख्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गरेको उक्त सभाको ब्यानरमा ‘प्रदेश स्तरीय...

दमकका स्रष्टा हेम अधिकारीका तीनवटा कृति एकैसाथ विमोचन

झापा, दमक । साहित्यकार हेम अधिकारीका तीन कृति क्रियाको रुप विश्लेषण आधुनिक भाषा विज्ञान, जीवनका गौंडा गल्छेँडाहरु र “उत्तरी ध्रुवतिर टहलिँदा “नियात्रा सङ्ग्रह साहित्य कला संगम दमकको आयोजनामा मेची सहकारीको सभाहलमा बिमोचन कार्यक्रम सम्पन्न भयो...

चुम्लुङले कोशी खारेजीको माग राख्दै र्यालीसहित ३५औं स्थापना दिवस मनायो

काठमाडौं, १७ भदौं । ललितपुरमा प्रदेश नं. १ को नाम कोशी खारेज गर्न मागसहित विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहिटीस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन...