सिदिङबामा लिम्बुवान मञ्चको जनसभा, लिम्बुवान विखण्डनकारी होइन— लिङदेन

,   लिम्बुवान न्युज
                       

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सिदिङबा गाउँपालिकाले जनसभा गरेको छ । आज (मंगलबार) भञ्ज्याङ माविको प्राङ्गणमा मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले लिम्बुवान विखण्डनकारी नभएको बताए । अर्को प्रसङ्गमा बोल्दै –लिम्बुवान आन्दोलनले सिदिङबा, याङवरक गाउँपालिकाहरुको नामकरण गर्न सफल भएको बताए । जुन दिनसम्म लिम्बुवान, खम्बुवान, दलितको मुद्दा किनारा नलागेसम्म कहिल्यै पिध भाग्ने छैन, कहिल्यै नथाक्ने उद्घोष गरेका छन् । उनले भने —“यतिबेला नेपाली जनताले नयाँ बैकल्पिक राजनीति शक्तिको आवश्यक महसुस गरेका छन्, त्यसैले अब मञ्चलाई एउटा बैकल्पिक शक्ति बनाउन तिर लागौं ।” अध्यक्ष लिङ्देनले लिम्बुवान घोषणा नभएसम्म एक इन्च जग्गा पनि नकिन्ने र घर पनि नबनाउने उद्घोष गरेका छन् । यद्यपी उनले अठारौं पल्टसम्म लिम्बुवान पार्टी फुटेपनि आफू अलिकति नहल्लिएको बरु मेचीमहाकालीसम्म संघीय मञ्चलाई पु¥याउने लक्ष्यका साथ अगाडि बढेको बताएका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय उपाध्यक्ष डिवि खुदाङ, महासचिव शान्या योङहाङ, संगम खनाल, संघीय अर्थ संयोजक विष्णु यक्सो, प्रान्तीय उपमहासचिव इन्दीरा मेन्याङ्बो, सचिव राजु राई, दलित मुक्ति मञ्चका महासचिव शर्मिला बागचन्द, लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष भुपेन्द्र मावो लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।

यसैगरी विभिन्न पार्टी परित्याग गरि करिब पचाज जना संघीय मञ्चमा प्रवेश गरेको मञ्चका उपाध्यक्ष खुदाङ्ले जानकारी दिएका छन् । कार्यक्रम लिम्बुवान मञ्चका सिदिङबा गाउँपालिका अध्यक्ष पूर्ण ताम्लिङ्को अध्यक्षतामा भएको छ । त्यसैगरी यस कार्यक्रमको संचालन युवा विद्यार्थी नेता कुलराज मावोले गरेका थिए ।

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;