सिदिङबामा लिम्बुवान मञ्चको जनसभा, लिम्बुवान विखण्डनकारी होइन— लिङदेन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सिदिङबा गाउँपालिकाले जनसभा गरेको छ । आज (मंगलबार) भञ्ज्याङ माविको प्राङ्गणमा मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले लिम्बुवान विखण्डनकारी नभएको बताए । अर्को प्रसङ्गमा बोल्दै –लिम्बुवान आन्दोलनले सिदिङबा, याङवरक गाउँपालिकाहरुको नामकरण गर्न सफल भएको बताए । जुन दिनसम्म लिम्बुवान, खम्बुवान, दलितको मुद्दा किनारा नलागेसम्म कहिल्यै पिध भाग्ने छैन, कहिल्यै नथाक्ने उद्घोष गरेका छन् । उनले भने —“यतिबेला नेपाली जनताले नयाँ बैकल्पिक राजनीति शक्तिको आवश्यक महसुस गरेका छन्, त्यसैले अब मञ्चलाई एउटा बैकल्पिक शक्ति बनाउन तिर लागौं ।” अध्यक्ष लिङ्देनले लिम्बुवान घोषणा नभएसम्म एक इन्च जग्गा पनि नकिन्ने र घर पनि नबनाउने उद्घोष गरेका छन् । यद्यपी उनले अठारौं पल्टसम्म लिम्बुवान पार्टी फुटेपनि आफू अलिकति नहल्लिएको बरु मेचीमहाकालीसम्म संघीय मञ्चलाई पु¥याउने लक्ष्यका साथ अगाडि बढेको बताएका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय उपाध्यक्ष डिवि खुदाङ, महासचिव शान्या योङहाङ, संगम खनाल, संघीय अर्थ संयोजक विष्णु यक्सो, प्रान्तीय उपमहासचिव इन्दीरा मेन्याङ्बो, सचिव राजु राई, दलित मुक्ति मञ्चका महासचिव शर्मिला बागचन्द, लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष भुपेन्द्र मावो लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।

यसैगरी विभिन्न पार्टी परित्याग गरि करिब पचाज जना संघीय मञ्चमा प्रवेश गरेको मञ्चका उपाध्यक्ष खुदाङ्ले जानकारी दिएका छन् । कार्यक्रम लिम्बुवान मञ्चका सिदिङबा गाउँपालिका अध्यक्ष पूर्ण ताम्लिङ्को अध्यक्षतामा भएको छ । त्यसैगरी यस कार्यक्रमको संचालन युवा विद्यार्थी नेता कुलराज मावोले गरेका थिए ।

सम्बन्धित समाचार

मेची राजमार्ग ठप्पः भोलीदेखि ताप्लेजुङ् बजार अनिश्चितकालीन बन्द

दमक, १२ मंसिर । प्रदेशको नाम कोशी खरेजी र ताप्लेजुङका पक्राउ परेका दुई कार्यकर्ता निसर्त रिहाइको माग राख्दै प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले आयोजना गरेको बन्दको कारण मेची राजमार्ग ठप्प रहेको छ...

माङसेबुङ इक्ला सिजन २ का लागि ८ उत्कृष्ट प्रतियाेगी छानिए

दमक, १२ मंसिर । माङसेबुङ इक्ला सिजन २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा पर्न सफल प्रतियोगीहरुको नामावली सार्वजनिक गरिएको छ । चार चरणको अनलाइन अडिसन पार गरेर सेमिफाइनल (उत्कृष्ट ८) मा पुग्न सफल प्रतियोगीहरुकोे नाम सार्वजनिक...

जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा जेन्टल लावती सर्वसम्मत चुनिए

पाँचथर, मंसिर १२ । जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समिति पुर्नगठन भएको छ । शनिबार पान्थरको फिदिमस्थित आयोजित एक कार्यक्रमले जेन्टल लावतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । नवगठित समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे,...

कोचिला अध्यक्षमा त्रिनारायण राजवंशी : तेह्रथुम अध्यक्षमा दिलबहादुर सोदेम्बा

दमक, १२ मंसिर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) कोचिला राष्ट्रिय समितिको प्रथम भेला सम्पन्न भएको छ । शनिबार मोरङ्को रंगेलीस्थित होटल मेरिनाको सभाहलमा भएको प्रथम भेलाले त्रिनायारण राजवंशीको अध्यक्षतामा समिति गठन गरेको हो । पार्टीका...