चाक्सिबोटेमा लिम्बुवानको अन्तरक्रिया तथा राजनीतिक एजेण्डा वितरण

,   लिम्बुवान न्युज
                       

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मेचीकाली अभियान टोली ताप्लेजुङ् पाथीभरा याङ्वरकको चाक्सिबोटेमा पुगेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराक नेतृत्वको टोलीले दुई महिना अघि देखि निरन्तररुपमा मञ्चको राजनीति एजेण्डालाई गाउँगाउँमा पु¥याउने अभियानको रुपमा त्यहाँ पुगेको हो ।

संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्को व्यवस्थापनमा जिल्लाको स्थानीय पालिकाहरुमा कार्यक्रम आयोजना गर्ने क्रममा पाथीभरा याङवरकमा राजनीति भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको मञ्चका केन्द्रीय सदस्य रिता मादेनले वताइन् ।

मन्तव्यको क्रममा बोल्दै अध्यक्ष लिङदेनले –मञ्चले स्थापनाकाल देखि नै संघीयता, पहिचान, आत्मानिर्णयको अधिकार सुनिश्चितताको लागि र लिम्बुवान सहितको १०+१ प्रान्त स्थापनार्थ निरन्तर अभियानको दौरानमा रहेकोे बताए । अध्यक्ष लिङदेनले १०+१ भनेको १० प्रान्त र १ गैरभौगोलिक प्रान्त गरेर ११ वटा प्रान्त भनिएको हो, उनले मञ्चको झण्डा नै १० वटा ताराको बिच एउटा तारा भएकोले झण्डाले नै प्रष्ट पारेको बताए । यसै प्रसङ्गमा लिङ्देनले –लिम्बुवान सहितको प्रान्तहरुको सुनिश्चत गरेर मात्र आफू राजनीतिबाट सन्यास लिने उद्घोष गर्दै प्रदेश नं. १ को नाम लिम्बुवान खम्बुवान किरात नराख्न सरकारसँग माग गरेका छन् ।

चाक्सिबोटेमा आयोजित कार्यक्रममा मञ्चका प्रान्तीय महासचिव शान्ता योङ्हाङ, दलित मुक्ति मञ्चकी महासचिव शर्मिला वागचन्द, ताप्लेजुङ् जिल्ला अध्यक्ष भुपेन्द्र मावो लगायतले सम्बोधन गरेका थिए भने विभिन्न सांगीतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको मञ्चकी प्रान्तीय उपमहासचिव इन्दीरा मेन्याङ्बोले बताइन् । कार्यक्रममा मञ्चका उपाध्यक्ष डिवी खुदाङ, संघीय अर्थ सचिव विष्णु यक्सो, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा, सुर्य लिम्बु, मुक्साम लाबुङ् लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;