चाक्सिबोटेमा लिम्बुवानको अन्तरक्रिया तथा राजनीतिक एजेण्डा वितरण

,   लिम्बुवान न्युज
                       

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मेचीकाली अभियान टोली ताप्लेजुङ् पाथीभरा याङ्वरकको चाक्सिबोटेमा पुगेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराक नेतृत्वको टोलीले दुई महिना अघि देखि निरन्तररुपमा मञ्चको राजनीति एजेण्डालाई गाउँगाउँमा पु¥याउने अभियानको रुपमा त्यहाँ पुगेको हो ।

संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्को व्यवस्थापनमा जिल्लाको स्थानीय पालिकाहरुमा कार्यक्रम आयोजना गर्ने क्रममा पाथीभरा याङवरकमा राजनीति भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको मञ्चका केन्द्रीय सदस्य रिता मादेनले वताइन् ।

मन्तव्यको क्रममा बोल्दै अध्यक्ष लिङदेनले –मञ्चले स्थापनाकाल देखि नै संघीयता, पहिचान, आत्मानिर्णयको अधिकार सुनिश्चितताको लागि र लिम्बुवान सहितको १०+१ प्रान्त स्थापनार्थ निरन्तर अभियानको दौरानमा रहेकोे बताए । अध्यक्ष लिङदेनले १०+१ भनेको १० प्रान्त र १ गैरभौगोलिक प्रान्त गरेर ११ वटा प्रान्त भनिएको हो, उनले मञ्चको झण्डा नै १० वटा ताराको बिच एउटा तारा भएकोले झण्डाले नै प्रष्ट पारेको बताए । यसै प्रसङ्गमा लिङ्देनले –लिम्बुवान सहितको प्रान्तहरुको सुनिश्चत गरेर मात्र आफू राजनीतिबाट सन्यास लिने उद्घोष गर्दै प्रदेश नं. १ को नाम लिम्बुवान खम्बुवान किरात नराख्न सरकारसँग माग गरेका छन् ।

चाक्सिबोटेमा आयोजित कार्यक्रममा मञ्चका प्रान्तीय महासचिव शान्ता योङ्हाङ, दलित मुक्ति मञ्चकी महासचिव शर्मिला वागचन्द, ताप्लेजुङ् जिल्ला अध्यक्ष भुपेन्द्र मावो लगायतले सम्बोधन गरेका थिए भने विभिन्न सांगीतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको मञ्चकी प्रान्तीय उपमहासचिव इन्दीरा मेन्याङ्बोले बताइन् । कार्यक्रममा मञ्चका उपाध्यक्ष डिवी खुदाङ, संघीय अर्थ सचिव विष्णु यक्सो, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा, सुर्य लिम्बु, मुक्साम लाबुङ् लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;