आज कांग्रेसको पदाधिकारी बैठक बस्दै

 लिम्बुवान न्युज
                       

काठमाडौं । संसद पुनःस्थापना पश्चात पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दैछ । आज सभापति देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बैठक बोलाइएको छ ।

बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुलाईसमेत बोलाइएको जनाइएको छ । बैठकले विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको राजनीतिक रणनीति, नेकपा प्रचण्ड–माधव समूहको प्रस्तावलगायत विषयमा छलफल छलफल हुने स्रोतले बताएको छ ।

संसद पुनःस्थापनासँगै नयाँ सरकार गठनको रस्साकस्सी शुरुभएको बेला कांग्रेसको बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ । नयाँ सरकार गठनमा कांग्रेस निर्णायक देखिएको छ ।

प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले बुधबार सभापति देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् । देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए । त्यसैले कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेका हुन् ।

यो बैठकपश्चात देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

सम्बन्धित समाचार

दमक कृष्णमन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दमक, ३१ वैशाख । झापाकाे दमक–४ स्थित कृष्ण मन्दिर परिसरमा विद्यालक्ष्मी एजुकेसन फाउन्डेसनको आयोजनामा तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य प्रवर्द्धन शिविर सम्पन्न भएको छ। “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित ...

तेस्रो माइजोगमाई अध्यक्ष कपको उपाधि माङ्सेबुङलाई

दमक, ३१ वैशाख । माङ्सेबुङ गाउँपालिकाले तेस्रो माइजोगमाई अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  बुधबार सम्पन्न फाइनल खेलमा देउमाई नगरपालिकालाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङ च्याम्पियन बनेको हो । निर्धारित समय १–१ गोलको बराबरी पछि खेल टाइब्रेकरमा पुगेको थियो । दोस्रो हाफको ७औं मिनेटमा माङसेबुङका आशाङ लिम्बूले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको देउमाई २५औं मिनेटमा किरण...

निशुल्क १ महिने पेटानि (बाेन्हा) बुन्ने तालिमकाे समापन

अजित धिमाल उर्लावारी, ३१ वैशाख/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिकाे आयाेजनामा भएकाे निशुल्क १ महिने पेटानि (बाेन्हा) बुन्ने तालिम सम्पन्न भएको छ । धिमाल परियाेजना स्थल, उर्लाबारी-३, मंगलबारेमा आज एक कार्यक्रमकाे आयाेजना गरि तालिम...

माेर्चालाई सशक्त बनाउन माेरङ जिल्ला स्तरिय अभियान सन्चालन हुने

बेलबारी, ३० वैशाख / संयुक्त पहिचानवादी माेर्चालाई सशक्त बनाउन माेरङ जिल्ला स्तरिय अभियान सन्चालन हुने भएकाे छ । पहिचानवादी माेर्चा, जिल्ला संयाेजन समिति, माेरङकाे साेमबार बेलबारीमा बसेकाे बैठकले माेर्चालाई सशक्त बनाउन संगठन बिस्तार, अन्तरकृया, भेटघाटलाई...