सत्तासमिकरणको खेल शुरु प्रचण्ड–माधवको जसपा नेतासँग छलफल

,   लिम्बुवान न्युज
                       

काठमाडौं । नेकपाका प्रचण्ड–माधव पक्षले जनता समाजवादी पार्टी (जसपा)सँग आगामी सरकार गठनको विषयमा छलफल शुरु गरेको छ ।

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको यो पक्षले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल शुरु गरेको हो ।

यसैक्रममा आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेको छ ।

संसद पुनःस्थापना सँगै हौसिएका प्रचण्ड–नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र पारेको छ । यस्तो अवस्थामा पार्टी फुट्छ या के हुने निर्वाचन आयोगले अझै पनि कुनै निर्णय गर्न सकेको छैन । संसद अधिवेशन पश्चात सरकारबारे छलफल हुन सक्ने विश्लेषकहरुको तर्क रहेका छ ।

अब राजनीति अवस्था परिवर्तन भएको अवस्थमा जसपाले पनि प्रचण्ड–माधव समूहसँग सहकार्य गर्न सक्ने संकेत देखाएको छ । यद्यपी जसपा भित्र हालसम्म पनि कार्यगत एकता हुन नसकिरहेको अवस्थामा यसै भन्न नसकिन्ने बताइएको छ ।

हाल प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद रहेका छन् । त्यसमा हरिनारायण रौनियार र रेशमलाल चौधरी निलम्बनमा छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;