चुम्लुङ दमक ६ को अध्यक्षमा कविन्द्र शेर्मा

 लिम्बुवान न्युज
                       

फागुन । किरात याक्थुङ चुम्लुङ दमक ६ को नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न तेश्रो वडाअधिबेशनले कविन्द्र शेर्माको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो ।

चुम्लुङका दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा भएको अधिबेशनले गठित ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अमृता केरुङ सेनेहाङ, सचिवमा विजय लिङदेन, सह–सचिव यादवसिंह वेघा र कोषाध्यक्षमा पूर्णकुमारी जवेगु साउदेन चुनिएका छन् । यस्तै सदस्यहरुमा मनकुमारी योङहाङ साउदेन, युमा नयङ, सरिता काम्बाङ थेवे, जितेन्द्र योङहाङ र रमा केरुङ शेर्मा रहेका छन् ।

वडाअधिबेशन सम्पन्न गर्न चुम्लुङका आजीवन सदस्य देउकुमार नेम्बाङको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको थियो । यसैगरि, भोलि दमक १ को र फागुन १५ गते दमक २ को वडाअधिबेशन गरिने चुम्लुङ दमक नगर अध्यक्ष चेम्जोङले वताएका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;