ताप्लेजुङमा लिम्बुवान मञ्चको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । आज फुङलिङमा आयोजित कार्यक्रम पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा मञ्चका अध्यक्ष लिङदेनले मञ्चको राजनैतिक एजेण्डा बारे प्रष्ट पारेका छन् । उनले जिल्ला कार्य समिति तथा अगुवा नेताहरुलाई पार्टीको आगामी राजनीतिक कार्यदिशा बारे प्रशिक्षण दिएका छन् ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष डिबि खुदाङ, प्रान्तीय महासचिव शान्ता योङ्हाङ, प्रान्तीय उपमहासचिव इन्दिरा मेन्याङ्बो, संघीय दलित मुक्ति मञ्च, नेपालका महासचिव शर्मिला बागचन, सचिव राजु राई, मुक्साम लावुङ लगायत नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा जिल्लाका केन्द्रीय नेताहरु, जिल्ला कार्य समिति तथा गाउँपालिकाका प्रमुखहरुको सहभागी थियो ।

कार्यक्रमको अवसरमा विभिन्न मिडिया ग्रुपहरुबाट २०७७ सालमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पालाम गायन प्रतियोगिताको विजेता सुनिता केदेम लाबुङ, अन्तर्राष्ट्रिय हाक्पारे गायन प्रतियोगिताको विजेता अमरजङ्ग केदेम, अन्तर्राष्ट्रिय ख्याली प्रतियोगिताको उप–विजेता मिराक वनेम, ख्याली प्रतियोगिताको सान्त्वना स्थान हासिल गर्नुहुने नियाराफुङ मादेन र गजल प्रतियोगिताको विजेता सीता पिरतीलाई लिम्बुवान मञ्च, ताप्लेजुङ् जिल्ला समितिले सम्मानपत्र सहित सम्मान गरेको छ ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...