ताप्लेजुङमा लिम्बुवान मञ्चको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

,   लिम्बुवान न्युज
                       

ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । आज फुङलिङमा आयोजित कार्यक्रम पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा मञ्चका अध्यक्ष लिङदेनले मञ्चको राजनैतिक एजेण्डा बारे प्रष्ट पारेका छन् । उनले जिल्ला कार्य समिति तथा अगुवा नेताहरुलाई पार्टीको आगामी राजनीतिक कार्यदिशा बारे प्रशिक्षण दिएका छन् ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष डिबि खुदाङ, प्रान्तीय महासचिव शान्ता योङ्हाङ, प्रान्तीय उपमहासचिव इन्दिरा मेन्याङ्बो, संघीय दलित मुक्ति मञ्च, नेपालका महासचिव शर्मिला बागचन, सचिव राजु राई, मुक्साम लावुङ लगायत नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा जिल्लाका केन्द्रीय नेताहरु, जिल्ला कार्य समिति तथा गाउँपालिकाका प्रमुखहरुको सहभागी थियो ।

कार्यक्रमको अवसरमा विभिन्न मिडिया ग्रुपहरुबाट २०७७ सालमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पालाम गायन प्रतियोगिताको विजेता सुनिता केदेम लाबुङ, अन्तर्राष्ट्रिय हाक्पारे गायन प्रतियोगिताको विजेता अमरजङ्ग केदेम, अन्तर्राष्ट्रिय ख्याली प्रतियोगिताको उप–विजेता मिराक वनेम, ख्याली प्रतियोगिताको सान्त्वना स्थान हासिल गर्नुहुने नियाराफुङ मादेन र गजल प्रतियोगिताको विजेता सीता पिरतीलाई लिम्बुवान मञ्च, ताप्लेजुङ् जिल्ला समितिले सम्मानपत्र सहित सम्मान गरेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;