लिम्बुवान प्राप्तिको अन्तिम लडाईसम्म लड्नेछु – कुमार लिङ्देन ‘मिराक’

,   लिम्बुवान न्युज
                       

फेदेन। पान्थरको फेदेनबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले लिम्बुवान प्रान्त स्थापना गर्नको निम्ति अन्तिम समयसम्म लड्ने उदघोष गरेका छन् । संघीय लिम्बुवान मञ्च, नेपाल पान्थर जिल्लाको चौथो जिल्ला अधिवेशनको उद्घाटनशत्रलाई फेदेनमा सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले बताएका हुन् ।

 

देशलाई दलदलमा फासाउने ओली सरकारको पाखण्डी, लाजघिन नभएको सरकारको विरुद्ध आम जनता सडकमा लामबद्ध लागेर अगाडि बढ्न कार्यकर्ताहरुलाई आव्हान गरेका छन् । कोरोनाले एक बर्षमा असर परिरहेका बेला सोच्नै नसकेका भ्रष्टचार, बलत्कार र चोरी डकैटीले देश तहसनहज बनाएको बताए । अध्यक्ष लिङ्देनले आफ्नो झण्डा उठाएर खुकुरी चुनाव चिन्ह पछि लाम लागेर अघि बढ्न पान्थरवासीलाई आग्रह गरे । त्यसैगरी उनले अर्को प्रसङ्गमा सरकारलाई व्यङ्ग गर्दै भने “ओलीलाई गाली गर्नु र भैसीलाई पुराण सुनाउनु उस्तै उस्तै हो” ।

लिङदेनले यतिबेला मेचीदेखि कालीसम्म संघीय मञ्च पुग्ने क्रममा एकसेएक नेताहरुको जन्म भइसकेको बताए । अर्को प्रसङ्गमा देश १४ खर्ब ऋणमा डुबेको बताउँदै देशको ६५ प्रतिशत बजेट कर्मचारीतन्त्रमा खर्च गर्ने सरकारको पद्दतीको विरोध गर्दै कर्मचारीलाई समायोजन गरेर वा घटाएर नयाँ ढंगबाट अगाडि बढाएर बार्षिक बजेटमा अन्य शिर्षकमा खर्च गर्न सके छोराछोरीहरुलाई नर्स, डक्टर र इन्जीनियर बनाउन सकिने बताए ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष रामकुमार लिङदेन, संघीय अर्थ संयोजक विष्णु यक्सो, महासचिव संगम खनाल लगायत नेताहरुले सम्बोधन गरेका थिए भने अन्तर पार्टी नेकपा, कांग्रेस, जसपा र राप्रपाका जिल्ला प्रमुखहरुले शुभकामना मन्तव्य रोखका थिए ।

उद्घाटनसत्रको पूर्वसन्ध्यामा रयाली गरिएको थियो । रयाली फिदिमको गणतन्त्र चोकदेखि लिम्बुवान गेट उत्तर हुँदै बजार परिक्रममा गरेर उद्घाटन सत्रको सभामा परिणत भएको थियो ।

कार्यक्रम जिल्ला समितिका अध्यक्ष सागर केरुङको सभाध्यक्षतामा भएको छ भने बरिष्ठ उपाध्यक्ष चन्द्रराज आङदेम्बेले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । कार्यक्रम संचालन जिल्ला समिति सदस्य तथा पत्रकार मञ्च जिल्ला अध्यक्ष सन्देश सुब्बाले संचालन गरेका थिए ।

अधिवेशनको बन्दसत्र साँझ ८ बजे देखि शुरु जिल्ला समिति पान्थरका अध्यक्ष सागर केरुङले जनाएका छन् ।

(तस्वीरः सागर केरूङकाे फेसबुकबाट)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;