लिम्बुवान मञ्चको पान्थर अध्यक्षमा चन्द्रराज आङ्देम्बे

,   लिम्बुवान न्युज
                       

फेदेन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च पान्थरको चौथो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार बेलुका फिदिम स्थित जिल्ला समन्वय परिषदको सभाहलमा भएको बन्दसत्रले सर्वसम्मतबाट अध्यक्षमा चन्द्रराज आङ्देम्बे निर्वाचित भएका हुन् ।

बेलुका शुरु भएको बन्दसत्रले जिल्ला अध्यक्ष सागर केरुङ्को सांगठनिक र अर्थ सचिव योगेश यङ्याको आर्थिक प्रतिवेदन साथै सबै स्थानीय तहका अध्यक्षहरुबाट प्रतिवेदन पेश गरि पारित गरे पश्चात पुरानो समिति भङ्ग गरी निर्वाचन समिति मार्फत ५१ सदस्यीय नयाँ समिति गठन भएको छ । मध्यरातको लामो छलफल र समन्वय पछि सर्वसम्मतबाट जिल्ला समिति बनेको हो ।

जिल्ला समितिले उपाध्यक्षहरुमा जितेन चेम्जोङ, योगेन्द्र राई, हर्कजङ लिङ्देन, निशा लोवा, भिमप्रसाद नेम्बाङ र भानुभक्त फियाक निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा डिल्ली लावती र सुवास केरुङ (नोनाम) निर्वाचित भएका छन् । अर्थसचिवमा प्रकाश अधिकारी निर्वाचित भए । जिल्ला सविचालय सदस्यहरुमा योगेश योङया, अमिर लिम्बु, अमिर, जसकर्ण लिङ्देन, नरबहादुर हेम्ब्या, मनप्रसाद तुम्बापो, रामचन्द्र नेम्बाङ, राजेन्द्र सिगु, पुर्णिमा राई, रबिन्द्र नेम्बाङ, मिङ्सो आङ्देम्बे, कर्ण हाङ्सरुम्बा, अर्जुन चेम्जोङ, बिरेन लिम्बू यवा र नरेश लक्सम रहेका छन् ।

जिल्ला समिति सदस्यहरुमा रुबिन्द्रकुमार माखिम, कर्णबहादुर काम्बाङ, आधार घिमिरे, टीका राई (इसिता), महेन्द्र हाङ्सरुम्बा, भक्त नेम्बाङ, दीपाहाङमा राई, मचिन्द्र थङगम्बा, दिलसोर नेम्बाङ, सम्योकहाङ सिगु, गणेश नेम्बाङ, खगेन्द्र सम्बाहाम्फे, सन्तोस नेम्बाङ, लोकमान सेर्मा, बिकेन्द्र नेम्बाङ, भगिराज चेम्जोङ, मचिन्द्र नेम्बाङ, भिम माङमु, कुमार केरुङ्, सन्तोस हाङ्सरुम्बा, भिमप्रसाद नेम्बाङ, सन्तोस हाङ्सरुम्बा, संगम यवा र समीक्षा तुम्बापो निर्वाचित भएका छन् ।

नव निर्वाचित अध्यक्ष आङ्देम्बेले संगठनलाई जिल्लाकै सबैभन्दा ठूलो र शसक्त संगठनको रुपमा स्थापित गर्दै अन्य राजनीतिक दलसँग समन्वय र सहकार्य गर्दै मञ्चलाई अघि बढाउने बताउँदै नव निर्वाचित समितिलाई साथ र सहयोग दिन अनुरोध गरेका छन् ।

यसैगरी कोरोना भाइरसको प्रभावका कारण गत बर्ष नै गर्ने भनिएको अधिवेशन एक बर्ष पछि भएपनि भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सम्पूर्ण जिल्लाबासीहरुमा निर्वतमान अध्यक्ष सागर केरुङ्ले धन्यवाद दिएका छन् । त्यसैगरी जिल्ला अधिवेशनलाई आर्थिक, भौतिक र विभिन्न सहयोग गर्नुहुने सम्पूर्णलाई अधिवेशन निर्वाचन संयोजक मञ्चका प्रान्तीय महासचिव संगम खनालले आभार प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

;