दमक १ र २ चुम्लुङको नयाँ नेतृत्व चयन

 लिम्बुवान न्युज
                       

दमक। किरात याक्थुङ चुम्लुङ दमक १ र २ वडाको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न दमक २ चुम्लुङको छैठौ वडाअधिबेशनले कर्ण आङदेम्बेको अध्यक्षतामा नौ सदस्यीय वडा समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा विन्दु निङलेकु, सचिवमा बुद्धिमान चेम्जोङ चुम्लुङ, सहसचिवमा तिर्था चेम्जोङ र कोषाध्यक्षमा भक्तकुमार निङलेकु र सदस्यहरुमा कुमारी आङदेम्बे, पवित्रा आङदेम्बे, बलबहादुर सुहाङ, कर्ण लिङदेन चुनिएका छन् ।

यस्तै अधिबेशनको वन्दसत्रले विरवहादुर आङदेम्बे, सुवास निङलेखु, तिलसिंह थेगिम, इन्द्र आङदेम्बे रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको नवनिर्वाचित अध्यक्ष कर्ण आङदेम्बेले वताएका छन् ।

यसैगरि शुक्रवारनै किरात याक्थुङ चुम्लुङ दमक १ को पनि उदिमान तुम्रोकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङले जानकारी दिएका छन् । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा रतनहाङ फियाक, सचिवमा पञ्चमाया हाङगाम, सहसचिवमा प्रेमदिप आङदेम्बे, कोषाध्यक्षमा ओममाया आङदेम्बे र सहकोषाध्यक्षमा रञ्जना सम्बाहाम्फे चुनिएका छन् । यस्तै सदस्यहरुमा लिला आङदेम्बे, मिरा योङहाङ र नरेन्द्र थेगम्बा चुनिएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;