दमक १ र २ चुम्लुङको नयाँ नेतृत्व चयन

,   लिम्बुवान न्युज
                       

दमक। किरात याक्थुङ चुम्लुङ दमक १ र २ वडाको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न दमक २ चुम्लुङको छैठौ वडाअधिबेशनले कर्ण आङदेम्बेको अध्यक्षतामा नौ सदस्यीय वडा समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा विन्दु निङलेकु, सचिवमा बुद्धिमान चेम्जोङ चुम्लुङ, सहसचिवमा तिर्था चेम्जोङ र कोषाध्यक्षमा भक्तकुमार निङलेकु र सदस्यहरुमा कुमारी आङदेम्बे, पवित्रा आङदेम्बे, बलबहादुर सुहाङ, कर्ण लिङदेन चुनिएका छन् ।

यस्तै अधिबेशनको वन्दसत्रले विरवहादुर आङदेम्बे, सुवास निङलेखु, तिलसिंह थेगिम, इन्द्र आङदेम्बे रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको नवनिर्वाचित अध्यक्ष कर्ण आङदेम्बेले वताएका छन् ।

यसैगरि शुक्रवारनै किरात याक्थुङ चुम्लुङ दमक १ को पनि उदिमान तुम्रोकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङले जानकारी दिएका छन् । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा रतनहाङ फियाक, सचिवमा पञ्चमाया हाङगाम, सहसचिवमा प्रेमदिप आङदेम्बे, कोषाध्यक्षमा ओममाया आङदेम्बे र सहकोषाध्यक्षमा रञ्जना सम्बाहाम्फे चुनिएका छन् । यस्तै सदस्यहरुमा लिला आङदेम्बे, मिरा योङहाङ र नरेन्द्र थेगम्बा चुनिएका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;