इलाममा प्रेस युनियन र प्रेस नेपाल बिच कार्यगत एकता

 लिम्बुवान न्युज
                       

इलाम। नेपाल पत्रकार महासंघ इलाम शाखाको आगामी चैत्र पहिलो साता हुने नयाँ नेतृत्व चयनको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस नेपालले कार्यगत एकता गर्ने भएका छन् ।

शनिबार दुई संगठनले कार्यगत एकता गर्ने भन्दै ३ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन् । सहमतिपत्रमा नेपाल प्रेस युनियनका तर्फबाट निर्वाचन समन्वय समितिका संयोजक विप्लव भट्टराई र सदस्यहरु सोम सुसेली र प्रभाकर प्रधान तथा प्रेस नेपालका तर्फबाट संवाद समितिका राम योङहाङले संयसक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सहमतिको पहिलो बुँदामा नेपाल पत्रकार महासंघ इलाम शाखाको नयाँ नेतृत्व चयनका लालि हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस नेपालबीच कार्यगत एकता गर्ने उल्लेख छ ।

त्यस्तै दोस्रो बुँदामा नेपाल पत्रकार महासंघ इलाम शाखालाई व्यवसायिक÷श्रमजीवि पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्न आवश्यक पहल गर्ने उल्लेख छ ।

तेस्रो बुँदामा जिल्लामा रहेका अन्य संगठनहरुसँग समेत आपसी समन्वय र समझदारी गर्दै अगाडि बढ्न दुवै संगठनको तर्फबाट आह्य्वान गर्ने सहमतिमा उल्लेख छ ।

सहमतिपत्रमा दुई संगठनले कार्यगत एकता गर्ने उल्लेख गरेको भएपनि कसरी गर्ने भन्ने उल्लेख छैन । कुन संगठनले कुन पद लिने भनेर पदको भागवण्डा समेत गरिएको छैन । अन्य संगठनहरुसँग समेत आपसी समन्वय र समझदारी गर्दै अगाडि बढ्न सहजताका लागि तत्काल पद बाँडफाँड नगरिएको दुवै संगठनले जनाएका छन् ।

तर यस अघि नै नेपाल प्रेस युनियन र प्रेस नेपालले यसअघि नै छुट्टाछुट्टै पदमा उम्मेद्वार घोषणा गरिसकेका छन् । प्रेस युनियनले पत्रकार विप्लव भट्टराईलाई अध्यक्ष पदमा र प्रेस नेपालले पत्रकार राम योङहाङलाई सचिव पदमा उम्मेद्वारी बनाउने निर्णय गरिसकेका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...