संयुक्त लिम्बुवान मोर्चाका नेता फुदोङको निधन

 लिम्बुवान न्युज
                       

तेह्रथुम, १८ माघ । २०६२/६३ को दोस्रो जनआन्दोलन सफल पछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभुमिको आधारमा अरुण सप्तकोशी पुर्वको भुमि लिम्बुवान राज्य हुनुपर्ने माग सहित संघर्ष गर्न गठन भएको संयुक्त लिम्बुवान मोर्चाका घटक नेता काली बहादुर फुदोङ (के.बि.) को निधन भएको छ ।

तत्कालीन समयमा लिम्बुवान प्रान्त चाहाने सबै दल संघसस्थाहरुको एकीकृत मोर्चा संयुक्त लिम्बुवान मोर्चामा सबै दलका नेता तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । मेयङलुङ नगरपालिका वडा नं. ९ साप्ला स्थित आफ्नै निबासमा उच्च रक्तचापका कारण उहाँको सोमबार निधन भएको हो

बिक्रम सम्बत २०२० आश्विन ३० गते साधारण परिवारमा जन्मनु भएका फुदोङ बामपंथी राजनीतिका हस्ती समेत हुन । साधारण जीवन यापन गर्न रुचाउने फुदोङ राजनीति अलावा ढाका व्यावसाय गरेर आफ्नो आर्थिक सुधारका क्रियाकलापमा सहभागी थिए । अधिकार र पहिचानको राम्रो ज्ञान भएका फुदोङ सालिन, भद्र, मिजासिला, निडर र स्पष्ट वक्ता समेत हुन । स्वार्थको उनी कयौ अधिकारको आन्दोलनहरुमा राज्यबाट पक्राउ परेका थिए ।

संयुक्त लिम्बुवान मोर्चामा रहेर आफ्नो दर्विलो उपस्तिथि, मोर्चाको हरेक लिम्बुवान आन्दोलनहरुमा सकृय सहभागी, मोर्चाको तर्फबाट प्रधानमन्त्री लगायत मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाउने सबै कार्यक्रमहरुमा प्रभावकारी भुमिका खेलेका फुदोङ लिम्बुवान आन्दोलनका अविस्मरणीय पात्र पनि हुन ।

फुदोङका एक श्रीमति र ३ भाइ छोरा रहेका छन । ५८ बर्षको उमेरमा निधन भएका फुदोङको स्थानीय खोरुङ्वा खोलामा अन्तिम दाहसंस्कार मंगलबार सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...