संयुक्त लिम्बुवान मोर्चाका नेता फुदोङको निधन

,   लिम्बुवान न्युज
                       

तेह्रथुम, १८ माघ । २०६२/६३ को दोस्रो जनआन्दोलन सफल पछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभुमिको आधारमा अरुण सप्तकोशी पुर्वको भुमि लिम्बुवान राज्य हुनुपर्ने माग सहित संघर्ष गर्न गठन भएको संयुक्त लिम्बुवान मोर्चाका घटक नेता काली बहादुर फुदोङ (के.बि.) को निधन भएको छ ।

तत्कालीन समयमा लिम्बुवान प्रान्त चाहाने सबै दल संघसस्थाहरुको एकीकृत मोर्चा संयुक्त लिम्बुवान मोर्चामा सबै दलका नेता तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । मेयङलुङ नगरपालिका वडा नं. ९ साप्ला स्थित आफ्नै निबासमा उच्च रक्तचापका कारण उहाँको सोमबार निधन भएको हो
।

बिक्रम सम्बत २०२० आश्विन ३० गते साधारण परिवारमा जन्मनु भएका फुदोङ बामपंथी राजनीतिका हस्ती समेत हुन । साधारण जीवन यापन गर्न रुचाउने फुदोङ राजनीति अलावा ढाका व्यावसाय गरेर आफ्नो आर्थिक सुधारका क्रियाकलापमा सहभागी थिए । अधिकार र पहिचानको राम्रो ज्ञान भएका फुदोङ सालिन, भद्र, मिजासिला, निडर र स्पष्ट वक्ता समेत हुन । स्वार्थको उनी कयौ अधिकारको आन्दोलनहरुमा राज्यबाट पक्राउ परेका थिए ।

संयुक्त लिम्बुवान मोर्चामा रहेर आफ्नो दर्विलो उपस्तिथि, मोर्चाको हरेक लिम्बुवान आन्दोलनहरुमा सकृय सहभागी, मोर्चाको तर्फबाट प्रधानमन्त्री लगायत मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाउने सबै कार्यक्रमहरुमा प्रभावकारी भुमिका खेलेका फुदोङ लिम्बुवान आन्दोलनका अविस्मरणीय पात्र पनि हुन ।

फुदोङका एक श्रीमति र ३ भाइ छोरा रहेका छन । ५८ बर्षको उमेरमा निधन भएका फुदोङको स्थानीय खोरुङ्वा खोलामा अन्तिम दाहसंस्कार मंगलबार सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;