लिम्बुवानको दक्षिण कोरिया अध्यक्षमा रिकम लिम्बु निर्वाचित

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १७ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

मंगलबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा भर्चुअल जुम मार्फत अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले रुकमान लिम्बु ‘रिकम’को अध्यक्षतामा नर्याँ कार्य समिति सर्वसहमतिमा निर्वाचित गरेको छ । उक्त समितिको बरिष्ठ उपाध्यक्षमा खड्ग सेर्मा, उपाध्यक्षहरुमा बल बहादुर लिम्बु, लक्ष्मण योङहाङ र बसन्ती लावती रहेका छन् भने महासचिव केशव थेवे, सचिवमा सुमन हेम्ब्या, सह–सचिवमा कुलराज मावो र अर्थसचिवमा विराज येक्तेन निर्वाचित भएका छन् ।

यसरी नै समितिको सदस्यहरुमा अमृत लिम्बु, उत्तम लिम्बु, राजा आङ्गबो, सुदर्शन नेम्बाङ्, सन्तोष योङहाङ, राम आङबुहाङ, रुपक लक्सम, सुजन यक्तेन, सुरेन्द्र लिम्बु, सन्तोष सेन, विनोद साउदेन, कृतज्ञ थेवे, सुमन लिङदेन र सचिन लावती रहेका छन् ।

यसैगरी आजै बनेको सल्लाकार समितिमा रमेश लावती, सानु मावो, दिपेन माखिम, नरेन्द्र योङहाङ, दिपक खनाल, हेम्बु इजम, चित्र आङदेम्बे, अग्नी पन्धाक र डिक राई रहेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...